साप्ताहिक संवाददाता
महिलाहरूका लागि
अरू बेलाभन्दा फरक र आकर्षकसमेत देखिन चाहने हुँदा यति बेला आफ्नो शरीरअनुरूपको पहिरन लगाउनुपर्छ । सारीको तुलनामा कुर्ता वा लेहेंगा नै यति बेलाको मुख्य छनौटमा पर्छ । आफ्नो घरको टीकामा सारी लगाइने हुँदा सारी सजिलो तरिकाले लगाउन मिल्ने गरी फिक्स गराउन सकिन्छ । यतिबेला ह्याण्ड वर्क, प्याच वर्क, ह्याण्ड प्रिन्ट, सिल्क, साटन, जर्जेट, नेट आदि फेब्रिकका सारी लगाउन सकिन्छ ।
ब्लाउजमा ब्याक जिपर, साइड जिपर, फ्लेयर स्लिड, बोट नेक आदि डिजाइन गरी हल्का भरेको ब्लाउज राम्रो देखिन्छ । इम्ब्रोडरी नरुचाउनेहरूका लागि प्रिन्ट सिल्कका ब्लाउज पनि आकर्षक देखिन्छ । यदि कुर्ता लगाउने हो भने हाई लो हेमलाइन फ्लोरल कुर्तामा प्लाजो उपयुक्त हुन्छ । ए लाइन फ्लोरल प्रिन्ट कुर्ता लाई बोनेक डिजाइनको बनाउँदा युनिक देखिन्छ । स्ट्ेट कट भएका कुर्ताहरू पाइन्ट स्टाइलका सुरुवाल तथा एंकल लेन्थका पाइन्ट पनि आकर्षक देखिन्छ ।
ठूला–ठूला फ्लोरल प्रिन्ट भएका मिश्रित रंगका कुर्तीमा स्टेट डिजाइनमा साइड कट, फ्रन्ट कट, ब्याक कट, प्लेन पाइपिंग, साइडमा प्लेनजस्ता डिजाइन प्रयोग गर्न सकिन्छ । रसिल्क, कटन सिल्क, लाइक्रा आदिमा तयार पारिएको डिजाइनर स्टेट लाइन कुर्तीहरू पनि टीका लगाउन जाँदा राम्रो देखिन्छ । यसलाई प्लाजो, एंकल लेन्थ पाइन्ट वा जिन्सको लगाउँदा अझ आकर्षक देखिन्छ । त्यस्तै टीकाका अवसरमा लेहेंगा चोली पनि उपयुक्त हुन्छ । चोलीमा नेक तथा ब्याक ओपन गरिएका थ्रेड वर्क, ग्लिटरी भएका क्लासी फेब्रिकमा बनेको वेस्टर्न लेहेंगा लगाउन सकिन्छ ।
पुरुषका लागि
घरकै टीकाको बेला लुज सुरुवालमा कुर्ती वा सर्ट–पाइन्ट नै राम्रो देखिन्छ । ससुराली जाँदा भने डिजाइनर थ्री पीस सुट, वेस्टकोट तथा कटन पाइन्ट आदि प्रयोग गर्न सकिन्छ । त्यस्तै आफन्तहरूकहाँ जाँदा फर्मल लुक्स आउने गरी सिल्कका सर्ट संग कटन, लेनिन वा जिन्स पाइन्ट तथा इम्ब्रोडरी कुर्तीमा जिन्स आदिमध्ये कुनै लगाउन सकिन्छ ।
बालबालिकाहरूका लागि
दसैंं सबैभन्दा लाग्ने नै बालबालिकाहरूलाई हो । उनीहरूलाई सबैको आँखा पर्ने रंगमा प्रिन्सेस गाउन, कुर्ता सुरुवाल, कुर्ती स्टाइल लेहेंगा, थ्री पिस लेहेंगा, सारी स्टाइलमा गाउन वा लेहेंगा राम्रो देखिन्छ । यदि नानी धेरै सानी छिन् भने फ्लावर प्याच गरी स्टाइलिस्ट फ्रक नै आकर्षक देखिन्छ । छोराका लागि भने सेरवानी, कुर्ता र पाइजामा, सुट टाई, वेस्टकोट मा कटन पाइन्ट उपयुक्त हुन्छ । यसमा सधैं उज्यालो रंग नै छान्नुपर्छ ।
टिप्स : टीका लगाउन बाइकमा जाने हो भने सकभर सारीमा हेबी गहना लगाउनु हुदैन भने सल प्रयोग गर्नेहरूले निकै सजग भएर त्यसलाई क्यारी गर्नुपर्छ । बाइकमा हिड्दा सकेसम्म सजिलो पहिरन
नै छान्नुपर्छ ।