• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
समरमा स्टाइलिस्ट फर्मल लुक्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

समरमा स्टाइलिस्ट फर्मल लुक्स
असार ४, २०७६

नेपाली फेसन बजार अझै पनि भारतीय सिरियलहरूबाटै प्रभावित छ । वेस्टर्न लुक्सलाई फलो गरे पनि नेपाली फेसन भारतीय फेसनबाट टाढिन सकेको छैन । यो वर्षको समरका लागि अन्तर्राष्ट्रिय फेसनमा ब्राइट अरेन्ज, पर्पल, नेभी ब्ल्यू आदि कलर हावी छन्, तर यी कलरहरू नेपाली फेसनमा त्यति प्रयोग हुन सकेका छैनन् । यी कलरमा डिजाइन बनाइए पनि फेसन पारखीहरू यसपटक पनि गत दुई–तीन वर्षदेखि हावी कलर पेस्टलमा पिच, मिन्ट ग्रिन, लाइट ब्ल्यू, बेबी पिंक, स्ट्रबेरी आदि रुचाइरहेका छन् । डिजाइनर वेयरमा भने भारतीयसँगै वेस्टर्न टचका पहिरन पनि भित्रिएका छन् । पहिले जस्तो पहिरनमै धेरै खर्च गर्ने तथा हेबी लुक्समा देखिने चाहना घटेको छ । अहिले समयले ल्याएको परिवर्तनअनुरूप पहिरनसँगै जुत्ता, घडी, मेकअप, ज्वेलरी आदिमा खर्च गर्ने क्रम बढ्दो छ । त्यसैले अहिले निकै महँगा हेबी पहिरनभन्दा डिजाइनर पहिरन चल्ती छन् । 

यसपटकको इस्टर्न टच डिजाइनहरू

स्ट्रेट कुर्ती : स्ट्रेट कट भएका कुर्ता यस पटकको समरमा धेरै नै चल्ने डिजाइनमध्ये एक हो, जसमा पाइन्ट स्टाइलका सुरुवाल तथा नेरो बटन भएको पाइन्ट फेसनमा छ । ग्रन्च जिन्स तथा चुज जिन्समा पनि यी कुर्ती स्टाइलिस्ट देखिन्छन् । फ्लोरल प्रिन्ट फेब्रिकका कुर्ती समरभरि नै चल्नेछन् । ठूलो–ठूलो फ्लोरल प्रिन्टमा मिक्स कलरका कुर्तीमा स्ट्रेट डिजाइनमा साइड कट, फ्रन्ट कट, ब्याक कट, प्लेन पाइपिङ, साइडमा प्लेन फेब्रिक आदि डिजाइन गराउन सकिन्छ । ह्वाइट बेसमा ब्ल्यू, रेड, एल्लो, पिंक कलरको फ्लावर प्रिन्ट भएका जर्जेट तथा साटनका कुर्ती सबैको च्वाइसमा छन् । 

फर्मल कुर्ती : रसिल्क, कटन सिल्क तथा लाइक्रामा तयार पारिएको डिजाइनर स्ट्रेट लाइनका कुर्तीहरू पूजालगायत अन्य पारिवारिक कार्यक्रमका लागि उपयुक्त हुन्छन् । यसको मुनि स्ट्रेट पाइन्ट नै सुहाउँछ । यो पहिरन हेर्दा कुल तथा सजिलो हुनुका साथै यसमा सल लगाउनुपर्ने झन्झट पनि हुँदैन । 

सारी तथा ब्लाउज : हेबी सारी लगाउने चलन स्वात्तै घटेको छ । पूरै भरेको सारी एवं हेबी ब्लाउजको फेसन हटेर यो समरका लागि हल्का, मज्जाले मुजा बस्ने तथा शीतल कलरका सिम्पल सारीको फेसन छ । ६० को दशकमा धेरैजसो राजपरिवारका सदस्यहरूले लगाउने अर्गन्जा सारी पुनः फेसनमा छ । हेर्दा हल्का, लगाउँदा र हिँड्दा सजिलो समेत हुने भएकाले अहिलेको पुस्ताले यो फेब्रिकका सारी बढी रुचाइएको पाइन्छ । अहिलेको पुस्ताले कुनै पनि पहिरन लगाउँदा मेन्टेन गर्न सकिन्छ कि सकिँदैन भन्नेमा ध्यान दिन थालेको छ । लाउड टोन डिजाइन हट्दै सफ्ट टोन डिजाइनका सारीहरू फेसनमा छन् । सदावहार सिफन र जर्जेटका प्रिन्टेट सारी पनि फेसनमा छन् । 

समरका लागि फ्लोरल प्रिन्टका लाइक्रा ब्लाउज पनि चल्तीमा छ । यसमा भित्री लाइनिङ हुँदैन, पोल्दैन र टिसर्ट लगाएजस्तो फिल हुनु नै लाइक्रा ब्लाउजको मुख्य विशेषता हो । स्ट्रेचेबल फेब्रिकका ब्लाउजमा साइड जिपर तथा ब्याक जिपरको फेसन छ । अहिले हुकको चलन पूरै हटिसकेको छ । सिल्क तथा साटनका ब्लाउजमा लाइनिङ राख्दा पनि डिजाइन राम्रो देखिन्छ । 

गाउन : वेस्टर्न पहिरनमा बोल्ड प्रिन्ट भएका गाउन यो वर्षको फेसनमा छन् । भोलुम बढी भएको प्रिन्सेज स्टाइलका गाउन राम्रा हुन्छन् । वेस्टर्न गाउनले स्लिम र अग्लो समेत देखाउँछ । प्लेन मेटालिक साइनिङ भएको गाउन स्टाइलिस देखिन्छ । फ्रन्ट स्लिट, वन अफ सोल्डर गाउनले पनि समर पार्टीमा आकर्षक 

लुक्स दिन्छ । 

टिनएजर समर लुक्स

जिन्समा प्लेन ह्वाइट टप्स टपिङ गरी माथिबाट प्रिन्टेड समर ज्याकेट आकर्षक देखिन्छ । माइक्रो सर्ट ड्रेस, स्कर्टमा फ्लोरल प्रिन्ट सर्ट, रक्कि पाइन्ट, रक्कि हाफ पाइन्ट, रक्कि स्कर्ट फेसनमा छ । लाइट कलरको प्लेन, प्रिन्टेड तथा जोमेट्रिक थ्री क्वाटर पाइन्ट पनि यो वर्षको समर फेसनमा छन् । यस पटक हट पाइन्ट तथा अफ सोल्जर टप्स युवापुस्ताका लागि हट केकका रूपमा भित्रिएको पहिरन हो । 

गत वर्ष जस्तै यस पटक पनि वानपिस पहिरन, ए लाइनको तथा फ्लेयर भएका नी लेन्थका वानपिस पनि फेसनमा छन् । यो समरमा प्रिन्टेड वानपिसका साथै एल्लो, ग्रिन, लाइट पिंक, चकलेट पिंक, बेबी पिंक आदि रंग चल्तीमा रहनेछ । टिनएजरहरूका लागि भने टुपिस स्कर्ट तथा टप्स चल्नेछ । यो उमेरकाले फ्लेयर भएको टप्स तथा स्कर्ट बढी रुचाउनेछन् भने रफल्स टप्स र स्कर्ट, रफल्स टप्स तथा हाफ पाइन्ट पनि फेसनमा रहनेछ । टिनएजरहरूबाट सी ग्रिन, अफ ह्वाइट, ह्वाइट कलर आदि बढी रुचाइनेछ ।

समर स्पेसल स्मार्ट आइडिया

समरमा कुनै पनि आउटफिट किन्दा सजिलो हुने छान्नुपर्छ । हेवी वर्क र डार्क कलर समरका लागि उपयुक्त हुँदैन । त्यसैले फेब्रिक, कलर, इम्ब्रोडरीलाई छानेर मात्र किन्नुपर्छ । स्ट्राइप्स, चेक्स, सफ्ट, फ्लोरल तथा पोल्का डट्स समर कलेक्सनमा प्रयोग गर्न सकिन्छ ।

समरमा कटनकै आउटफिट राम्रो देखिन्छ । पिंक, लेंवेन्डर, एल्लोजस्तो सफ्ट कलरको कम्बिनेसन राम्रो देखन्छ । धेरैजसो व्यक्ति समरमा कालो रंग लगाउन चाहँदैनन् । यद्यपि इभिनिङ पार्टीका लागि कालो रंगको गाउन, छोटो स्कर्ट तथा सारी एलिगेन्ट देखिन्छ ।

अहिले नेपाली फेसनमा के–कस्तो ट्रेन्ड चलिरहेको छ ?

इस्टर्न र वेस्टर्नको फ्युजन फेसन चलिरहेको छ । हामी पहिलेदेखि इस्टर्न फेसनको पछि लाग्थ्यौं । फलानी हिरोइनको जस्तो अथवा फलानो सिरियलको कुनै पात्रले लगाएको पहिरनबाट नेपाली फेसन प्रभावित थियो तर अहिले वेस्टर्न पहिरन पनि उत्तिकै रुचाइएको छ । अहिले बलिउडबाट प्रभावित लेहेंगा चोलीमा वेस्टर्न गाउनको मिक्स डिजाइन फेसनमा छ भने डे वेयरमा वेस्टर्न तथा पार्टीका लागि इन्डियन लेहेंगा चोली नै चलनचल्तीमा छ । अहिले आएर नेपाली फेसनले आफ्नो आइडेन्टी खोजेजस्तो लाग्छ । फेसन बजार हेर्दा इन्डो वेस्टर्न र वेस्टर्न फेसनकै ट्रेन्ड छ । 

तपाईंकहाँ कस्ता ग्राहक बढी आउँछन् ?

बढी गरेर प्लस २५ का महिलाहरू आउँछन् । मेरो टार्गेट पनि यही उमेर समूह हो । किनभने टिनएजरहरूले चाहेर पनि डिजाइनर ड्रेस बनाउन सक्दैनन् । २५ कटेका महिलाहरू नै डिजाइनरकहाँ धाउने उमेर समूह हुन् । 

कामकाजी महिलाहरूमाझ के–कस्ता पहिरन चल्तीमा छन् ?

अफिसियल वेयरका लागि पाइन्टमा एंकल लेन्थ, चुज तथा स्किनी पाइन्ट फेसनमा छ । यस्ता पाइन्ट–सर्टले एकदमै स्मार्ट लुक्स दिन्छन् । सर्टको स्लिभमा भने ठूलो बेली वा फ्रिल फेसनमा छ । एउटै मेटेरियलको टप एन्ड बटन पनि फेसनमा छ । अहिले कामकाजीहरूका लागि समर कोट र पाइन्ट पनि एकदमै रुचाइएको छ त्यस्तै प्रिन्टेड, लेनिन तथा कटनका समर कोट–पाइन्ट पनि फेसनमा छन् । 

अहिले कुन फेब्रिक चलिरहेको छ ?

समरका लागि रेबन, कटन, लेनिन, सिफ, जर्जेट तथा लाइक्रा नै उपयुक्त हुन्छन् ।

विष्णु गौतम, इम्याजिन बुटिक, कुपन्डोल

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik