
साप्ताहिक संवाददाता

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कला प्रदर्शनी भैरहेको छ । अघिल्लो मंगलबार प्रारम्भ भएको उक्त प्रदर्शनीमा कलाकारद्वय टुल्कु ज्यामयाङ तथा डेभिड डग्लामा कला प्रदर्शित छन् ।
प्रदर्शनीमा ज्यामयाङका चित्र चेन्जिङ लेन्स तथा डग्लाका चित्र लेभिटेसन शीर्षकमा प्रदर्शनमा राखिएका छन् । यो प्रदर्शनी मंसिर १३ गतेसम्म चल्नेछ ।