साप्ताहिक संवाददाता
- गिरिश खतिवडा, र्यापर
मेरा लागि त अहिले सधैं नै सार्वजनिक बिदा जस्तो छ, तर सार्वजनिक बिदाको दिन ट्राफिक कम हुने भएकाले परिवारका साथ लङ्ग ड्राइभमा जान रुचाउँछु। घरमा हुँदा साथीभाइ बोलाएर पार्टी गर्छु।
- नलिना चित्रकार, गायिका
सार्वजनिक बिदाको दिन प्रायः रेकर्डिङ नै परिरहेको हुन्छ, रेकर्डिङबाट बाँकी रहेको समय परिवारसँग घरमा पकाएको परिकार खाँदै रमाइलो गर्छु। खेल प्रेमी भएकाले विशेष रूपमा फुटबल हेर्छु।
- राम सिटौला, संगीतकार
सार्वजनिक बिदामा मेरो कार्यालय पनि बिदा भए पो, लखर-लखर अफिस जान्छु अनि काम गर्छु।
- सन्दीप क्षेत्री, हास्यकलाकार
कलाकारलाई के सार्वजनिक के नसार्वजनिक बिदा ? सधैं उस्तै त हो। म सार्वजनिक बिदा मनाउने मानिस नै परिन्। काम भएन भने ओछ्यानमा लम्पसार परेर भित्तामा खुट्टा तेस्र्याएर सुत्छु। कानमा इयरफोन ठोसेर गीत-संगीत सुनेर बस्छु।
- सरिता गिरी, रंगकर्मी
मेरी आम्मै, मैले अहिलेसम्म सार्वजनिक बिदा मनाउन पा'को छैन, यदि बिदा पाए भनें दसैं नै मनाउँछु नि, टीका र जमरा लगाएर ह्याप्पी दसैं भन्दै हिँड्छु।
- अर्जुन घिमिरे, हास्यकलाकार
मस्तसँग लम्पसार परेर सुत्छु, सार्वजनिक बिदा उपयोग गर्ने योभन्दा राम्रो अर्को कुनै उपाय छैन।
- निश्चल बस्नेत, निर्देशक
क्लब जान्छु, घर मिलाउँछु, टन्न खाना खान्छु अनि दुई घन्टा सुत्छु।
- प्रशान्त ताम्राकार, मोडल कोरियोग्राफर