साप्ताहिक संवाददाता
फिल्म हेर्दा, किताब पढ्दै, परिवारसँग बस्दै, गीतहरू सुन्दै, नाटकको लाइभ स्ट्रिमिङ हेर्दै, साथीहरूसँग कुराकानी गर्दै लकडाउन बितिरहेको छ ।
इँगिहोपो कोँइच सुनुवार ,थिएटर कलाकार
यो लकडाउनको मौका पारेर परिवारका सदस्यहरूलाई योगा सिकाइरहेको छु ।
शिवशंकर रिजाल, जोगिन्दर पानवाला
एउटा चलचित्रको स्क्रिप्ट रोकिएको थियो, त्यसलाई पूरा गरें । केही गीतको कम्पोज पनि अड्किएको थियो, त्यो पनि पूरा गरें । घरमा सजाएर राखिएका एवार्डहरूमा धुलो लागेको रहेछ, सफा गरें ।
यश कुमार, गायक/अभिनेता
‘सम्पदा लडाइँ’ भन्ने पुस्तक पढिरहेको छु । पुराना सम्झनाहरूलाई फेसबुकमार्फत जीवित बनाइरहेको छु । संसारभरिका जानकारीमूलक सूचना तथा ज्ञानवद्र्धक भिडियोहरू हेरिरहेको छु ।
लक्ष्मण शेष, संगीतकार
नयाँ–नयाँ परिकार बनाउने कोसिस गरिरहेकी छु । यसक्रममा पकौडा, सेलरोटी, पानी पुरी, चटपटे जस्ता खानेकुरा बनाइसकँें । पहिला भान्सामा खासै समय बिताउन पर्दैन थियो, अहिलेको यो समयमा चाहिँ मैले बनाएर खुवाइरख्या छु ।
दीपिका प्रसाईं, अभिनेत्री
खाना बनाउने, भुइँ पुछ्ने, कुच्चो लगाउने काम गरिरहेकी छु । केही दिन त बिहान–बिहान गीत पनि गाएँ । म पहिला गीत गाउँदिन थिएँ, अहिले साथीहरू यो गीत गाउँ, त्यो गीत गाउँ भन्छन् । म ती गीतहरू गाएर उनीहरूलाई पठाइरहेकी छु ।
सञ्चिता लुइँटेल, अभिनेत्री
परिवार कति महत्वपूर्ण हुने रहेछ भन्ने कुरा मैले यही लकडाउनको बेला अनुभव गर्ने मौका पाइरहेकी छु । लकडाउनले परिवारसँग यति नजिक बनाइदिएकोमा यो लकडाउनलाई धन्यवाद नै पो भन्नुपर्छ जस्तो छ ।
नम्रता सापकोटा, अभिनेत्री
अरू बेला व्यस्त हुँदा घरसँग के–के कुराहरू छुटेका रहेछन् भन्ने कुरा अहिले फुर्सदको बेला केलाउँदै छु ।
दीपेन्द्र के खनाल, निर्देशक
बिहान–बिहान डान्स गर्छु । दिउँसो मेडिटेसन गर्छु । प्रेरणादायी पुस्तकहरू पढिरहेकी छु ।
नीरु खड्का, अभिनेत्री
घरमै भएको स्टुडियोको भरपुर सदुपयोग गरिरहेको छु । छोरालाई ड्रम बजाउन सिकाइरहेको छु ।
अनिल सिंह, गायक
एक्सरसाइज र डान्स नछुटोस् भनेर सोसल मिडियामा एउटा ग्रुप बनाएर सबैले एक्सरसाइज गरेको भिडियो बनाउँदै, पठाउँदै गरिरहेका छौं ।
एसराज गराच, अभिनेता
म त अहिले फूल टाइम चित्रकार भएको छु । घरमा बसेर चित्रकला गर्दैछु । चित्रकला गरिरहेको फेसबुक लाइभ पनि गरिरहेको छु । सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।
अर्जुन कुमार, चलचित्रकर्मी
घरभित्र कोरोना भाइरसको बास नहोस् भनेर घरको सरसफाइमा व्यस्त भइरहन्छु । घरपालुवा कुकुरलाई सरसफाइ आफैं गर्न थालेकी छु, जुन प्राय: अरूले गर्ने गरेका थिए ।
शुभेच्क्षा थापा, अभिनेत्री
बिहान बेलुका रियाज गरेर समय बिताइरहेको छु । बाँकी समयमा साथीभाइसँग कुराकानी गर्छु । अघिल्लो साताचाहिँ मैले सडकमा सेवा गरिरहनु भएका प्रहरी दाजुभाइ दिदीबहिनीहरूलाई मास्क, ह्याण्ड ग्लोबसहित खाद्य सामग्रीहरू वितरण गरेर सेवा गरेको थिएँ ।
आशिष सचिन, गायक