साप्ताहिक संवाददाता
चैत्र ९, २०७२
होली खेल्न खुला स्थान छनौट गर्नुपर्छ । घरको छत, बगैंचा आदिमा यस्तो कार्यक्रम आयोजित गर्न सकिन्छ ।
होली खेल्ने क्रममा छाला, केस, आँखा, कान आदिको सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्छ ।
प्रदूषित पानी, केमिकलयुक्त रंग आदिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ ।
होली खेल्ने क्रममा लगाइएको पहिरन च्यातिने सम्भावना हुन्छ । त्यसैले पुराना कपडा प्रयोग गरौं ।
होली खेल्नुअघि गरगहना फुकालेर सुरक्षित ढंगले राख्नुपर्छ ।