साप्ताहिक संवाददाता
चैत्र १५, २०७४
बालबालिकालाई विद्यालय भर्ना गर्दा पायक पर्ने स्कुल छनौट गर्नुपर्छ ।
स्कुलमा विद्यार्थी संख्या कति छ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ ।
स्कुलको शुल्क कत्तिको सवर्भसुलभ छ, पढाइ शुल्कबाहेक अन्य शुल्क पनि तिर्नुपर्ने–नपर्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
कक्षाकोठा तथा स्कुलको वातावरणका सम्बन्धमा जानकारी लिनुपर्छ ।
पढाउने शिक्षक–शिक्षिका तथा पढाइको गुणस्तर पनि बुझ्नुपर्छ ।
पाठ्यक्रमसहित अतिरिक्त क्रियाकलापका बारेमा समेत जानकारी लिनुपर्छ ।