साप्ताहिक संवाददाता
राजेश धाख्वा, फेसन डिजाइनर
जो कोही अरूभन्दा फरक देखिन चाहन्छन् । उनीहरूले आफ्नो पहिरनको कलरमा ध्यान पुर्याउनुपर्छ । जस्तो गहुँगोरो वर्णका मानिसले मौसमअनुसार पहिरन लगाउँदा गर्मीयाममा हल्का रङका पहिरन लगाउनुपर्छ भने जाडो मौसममा गाढा रङका पहिरन छनौट गर्नु उपयुक्त हुन्छ । यस्तै कालो वर्णका मानिसलाई प्राकृतिक कलर सुहाउँछ । प्राकृतिक कलरमा बेज स्किन, म्युज कलर, लाइन ब्राउन, डार्क ब्राउन ग्रे कलरहरू पर्छन् ।
मानिसले आफ्नो फेसन स्टेटमेन्ट क्रिएट गर्दा शरीरको बनावटको पनि ख्याल गर्नुपर्छ । जस्तै मोटो शरीर भएकाहरूलाई खुकुला पहिरन राम्रो देखिँदैन । मोटो शरीर भएका महिला–पुरुषले कालो रङको पहिरन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पातलो शरीर भएकाहरूले ठूलो प्रिन्ट भएका पहिरनबाट जोगिनुपर्छ ।
यस्तै कम उचाइ भएका महिला–पुरुषलाई सीधा धर्के पहिरन बढी सुहाउँछ ।
चाडबाडमा फेस्टिभ कलरको (रातो, रानी पिंक, सिन्दुरे, अरेन्ज आदि) पहिरन लगाउँदा फरक देखिन सकिन्छ ।
लेहेंगा धेरै खुला हुुनु हुँदैन । लेहेंगा लगाउँदा ठूलो पेट भएका महिलाहरूले सलले पेट र नाइटो छोप्नु उपयुक्त हुन्छ ।
लेहेंगामा वेज हिल सुज आरामदायक हुनुका साथै राम्रो पनि देखिन्छ ।
उत्तम बनेपाली, फेसन डिजाइनर
पहिलो कुरा त आफू कुन ठाउँमा जाँदै छु, के गर्दै छु भन्ने कुरा विचार गरेर पहिरन लगाउनुपर्छ ।
यतिबेला क्याजुअलमा युवाहरूका लागि जकर्स पाइन्ट ट्रेण्डमा छ । यसमा लङमा लुज खालको टिसर्ट आकर्षक देखिन्छ । जकर्स पाइन्टमा हाफ कटवाला जुत्ता लगाउँदा सुनमा सुगन्ध हुन्छ भने यसमा चस्मा, घडी, मालाजस्ता एसेसरिज अझ बढी खुल्छन् ।
किशोरीहरूले क्याजुअल पहिरन लगाउँदा वन पिसमा कन्फर्टेवल म्याचिङ सुज राम्रो देखिन्छ । यसमा चुरा तथा एयररिङ पनि उत्तिकै खुल्छ ।
पार्टीमा सहभागी हुँदा आफूले लगाएको पहिरनको फर्मल रङअनुसार एसेसरिज प्रयोग गरियो भने भने अरूभन्दा फरक देखिन सकिन्छ ।
यतिबेला टिनएजरहरूले कलरफुल पहिरन लगाउने ट्रेन्ड छ । त्यसमा पनि प्याटर्न डिजाइनको कोट आकर्षक देखिन्छ । प्याटर्न कोटमा पाइन्ट तथा टिसर्टचाहिँ प्लेन डिजाइनको भयो भने लुक्समा फरकपन आउँछ ।
मनिता थापा, फेसन डिजाइनर
प्लेन कुर्ता–सलवारमा प्रिन्टेड सल आकर्षक देखिन्छ । यसमा ठूलो एयररिङ
लगाउँदा अझ खुल्छ ।
तपाईं स्लिम हुनुहुन्छ भने लेहेंगाको ब्लाउजमा सर्ट कलर गर्यो भने अरूभन्दा फरक देखिन्छ ।
जिन्स पाइन्ट लगाउँदै हुनुहुन्छ भने त्यसको माथि वेस्टेन टप्स लगाएर सललाई कम्मरमा साडीको जसरी ड्रयापिङ गर्यो भने आकर्षक देखिन्छ ।
जिन्स पाइन्टमा नाइटोसम्म चिरिएको कुर्ती लगाउन सकिन्छ । यो अहिले फेसन ट्रेन्डमा छ । यसका साथै कुर्तिको गला केही खुला राखियो भने पनि फरक देखिन्छ ।
थाईको भागसम्म एकतर्फ चिरिएको वानपिस ग्ल्यामरस हुन्छ । अर्को कुरा वन पिस आफ्नो शरीरमा फिटिङ हुनुका साथै पछाडिको भाग अलि बढी खुला हुनु उपयुक्त मानिन्छ ।
यदि सिम्पल वन पिस लगाउने हो भने घाँटीमा ठूला गहना लगाउन सकिन्छ । यसका साथै कम्मरमा बेल्टसमेत प्रयोग गर्न सकिन्छ ।