साप्ताहिक संवाददाता
रोपाइँमा आँखाको सुरक्षा
डा. बेन लिम्बू, नेत्र रोग विशेषज्ञ
तिलगंगा आँखा प्रतिष्ठान
रोपाइँका क्रममा फोहोर पानी, हिलो आदि रोपाहारको आँखामा पर्न सक्छ, जसले गर्दा आँखामा संक्रमण हुन्छ ।
यति बेला पानी पर्ने भएकाले घुम, छत्री आदि ओढेर धान रोपिन्छ । यद्यपि घुमले
पनि आँखामा चोटपटक लगाउन सक्छ ।
रोपाइँका बेला हिलो
छ्यापाछ्याप गरिने भएकाले आँखामा हिलो तथा फोहोर पानी पर्न सक्छ ।
रोपाइँका क्रममा आँखा जोगाउनुपर्छ । रमाइलोका लागि हिलो खेल्दा निकै सतर्क हुनुपर्छ । यसका लागि संभव भएसम्म सुरक्षा चस्मा प्रयोग गर्न सकिन्छ ।
कतिपयले असार १५ को रमाइलो गर्ने बहानामा रक्सी पिएर झगडा गर्दा आँखामा चोटपटक लागेको पाइन्छ । त्यसैले रोपाइँका बेला रमाइलो गर्दा आँखाको विशेष ख्याल राख्नुपर्छ ।
हिलोले खुट्टाको काप खाए
अनुप बाँस्तोला, छालारोग विशेषज्ञ
रोपाइँका बेला खेतमा धेरै खट्ने रोपाहारहरूको हातखुट्टाका काप हिलोले खाएको हुन्छ । वर्षायाममा अरू धेरैको पनि हातखुट्टाका औंलाको काप हिलोले खाएको पाइन्छ । यसलाई चिकित्सकीय भाषामा क्यान्डिडा इन्टरपिगो भनिन्छ । फंगल इन्फेक्सनका कारण यस्तो हुन्छ । त्यसैले संभव भएसम्म हिलोमा पस्दा गम्बुट लगाउनुपर्छ ।
वर्षायाममा हिलोको संक्रमणबाट जोगिन हिलोबाट निस्किएपछि हात–खुट्टा सुक्खा राख्नुपर्छ ।
हिलोको सम्पर्कमा आउनुअघि (रोफाइँमा जानुअघि) मोइस्चरयुक्त त्रिम लगाउनुपर्छ । यस्तो
क्रिमले छालामा खराब असर पर्न दिँदैन ।
हिलोले खाए हातखुट्टामा एन्टी फंगल क्रिम लगाउनुपर्छ ।
ढाड दुख्दा
विशाल श्रेष्ठ, मेडिकल अकुपंचरिस्ट, सफल हेल्थ होम
धान निहुरिएर रोपिने भएकाले कसै–कसैलाई ढाड दुख्न सक्छ । त्यसैले धान रोप्दा होस् वा निहुरिएर गर्ने अरू काम गर्दा कम्मरमा पटुका तथा बेल्ट बाँध्नुपर्छ ।
एकोहोरो धान नरोपी समय–समयमा ब्रेक लिनुपर्छ । कम्मर यताउता मोड्नुपर्छ ।
५–७ मिनेट धान रोप्न छोडेर यताउता टहल्न सकिन्छ ।
रोपाइँ सकेपछि मनतातो तेलले ढाडमा मालिस गर्नुपर्छ भने कम्मर बलियो हुने कसरत पनि गर्नुपर्छ ।
प्रशस्त मात्रामा पानी पिउनुपर्छ । क्याल्सियमयुक्त खानेकुरा दूध, केरा, मौसम अनुसारका फलफूल तथा झोल कुरा पर्याप्त मात्रामा सेवन गर्दा ढाड दुख्ने समस्याबाट राहत प्राप्त गर्न सकिन्छ ।
केशको स्याहार
सुलोचना श्रेष्ठ, सौन्दर्यविद्, रुविना ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, मीनभवन
चर्को घाम तथा हिलोले केशमा असर पुर्याउने भएकाले खुला घाम वा वर्षाको पानीमा जानुअघि केशमा तेल लगाउनुपर्छ ।
चर्को घाममा केश खुल्ला राख्दा केशको हाँगा फाट्ने तथा सुक्खा हुने समस्या हुन्छ । त्यसैले केशमा क्रिम तथा तेल लगाउनुपर्छ ।
घामको दुष्प्रभावबाट जोगाउन केशलाई खुल्ला छोड्नु हुँदैन । घाममा जानुअघि केशमा तेल लगाउनुपर्छ । त्यसपछि केश बाँध्न अथवा बाट्न सकिन्छ । पातलो सलले ढाकेर पनि केशलाई बिग्रनबाट
जोगाउन सकिन्छ ।
यो मौसममा जुनसुकै बेला पानी पर्ने भएकाले केश धेरै बेरसम्म भिज्यो भने टुक्रने संभावना हुन्छ । त्यसैले पानी परेका बेला केश जोगाउनुपर्छ ।
केशमा तेल लगाएर मसाज गर्नुका साथै समय–समयमा कोरिरहनुपर्छ । कतिपयले केश सिल्की छ भनेर कोर्दैनन् । जुनसुकै प्रकृतिको केश भएपनि समय–समयमा कोर्ने तथा मसाज गर्ने काम गर्नुपर्छ ।
छालाको स्याहार
छालाको प्रकृतिअनुसार क्रिम लगाउनुपर्छ । चिल्लो छाला भएकाले मोइस्चर कम भएको तथा सुक्खा छाला झएकाले मोस्चरयुक्त त्रिम लगाउनुपर्छ ।
अनुहार क्लिनजिङ गरेपछि मोस्चराइजर क्रिम लगाउनुपर्छ । त्यसपछि टोनर प्रयोग गर्न सकिन्छ ।
माटो तथा हिलोले छालामा एलर्जी हुने, डाबर उठ्ने तथा चिलाउने हुनसक्छ । त्यसैले हिलो लागेको भाग राम्रोसँग सफा गर्नुपर्छ ।