साप्ताहिक संवाददाता
क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिइन्छ । समयमै ख्याल गरेन भनेर क्यान्सरका कारण अकालमा ज्यान पनि जान सक्छ । एक सर्वेक्षणका अनुसार गम्भिर प्रकारको क्यान्सरका २७ प्रतिशत बिरामी क्यान्सर भन्दा पनि उपचारको क्रममा हुने किमोथेरापीका कारण मर्ने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
किमोथेरापी लिदा निम्म १० कुरामा विचार गर्नु पर्ने हुन्छ :-
१. किमोथेरापी गरेका बिरामीले दैनिक ७/८ पटक थोरै–थोरै भोजन गर्ने ।
२. खाना चपाउन वा निल्न गाह्रो भएमा खानालाई बढी समय पकाएर नरम बनाएर खाने ।
३. बिरामीलाई ख्वाउने खानेकुरा पकाउने भाडा स्वच्छ हुनुपर्छ ।
४. दैनिक २/३ लिटर तरल पदार्थ सेवन गर्नुपर्छ । उमालेको पेय पिउनु उत्तम हुन्छ ।
५. पिरो र मसलेदार खानेकुरा नखाने ।
६. घर बाहिरको (होटल, क्यान्टिन वा सडकमा बनाइएको) खानेकुरा नखाने ।
७. अचार, पापड, अमिलो दही र प्याकेटमा बन्द स्न्याक्स नखाने ।
८. कृत्रिम रङ, गन्ध र स्वाद प्रयोग गरिएका खानेकुरा नखाने ।
९. बाक्लो बोक्रा भएको फलफुल केरा, अनार खाने ।
१०. बिरामी भेट्न आउनेले सरसफाइमा ध्यान दिने र निश्चित दूरीमा राख्ने ।