नेपाल सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि मानिसको भिड देखेर चिकित्सकहरुले सजग हुन आव्हान गरेका छन् । लामो समयको लकडाउनले जनजीवन कष्टकर भएको कारण केही सहज होस् भनेर खुलेपनि कोभिड–१९ को संक्रमणको संत्रास अझैं नसकिएको चिकित्सकहरु बताउछन् ।
कोभिड–१९ को संक्रमणवाट जोगिने उपयुक्त माध्यम लकडाउन भएपनि अहिले लकडाउनलाई केही खुकुलो पार्दा शहर बजारमा मानिसहरुको अत्याधिक भिड देखेर चिकित्सकहरुले यो बिषयमा सजग हुन आव्हान गर्न थालेका हुन् । कोभिड–१९ को संक्रमण अझैं पनि हटेको छैन यदी सजग नहुने हो भने यसले कुनैपनि बेला महामारीको रुप लिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला बताउछन् ।
अहिले खुलेको लकडाउनमा कसरी जोगिने भन्ने बिषयमा डा. बाँस्तोलाले तयार पार्नु भएको भिडियो जानकारी यो लिंक मार्फत् हेर्नसक्नुहुन्छ ।
https://youtu.be/g36yM4Uaaww
स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?
वैशाख ८, २०७७