• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सङ्गीत
सङ्गीत
हीरादेवीलाई सम्झाउँदै
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

हीरादेवीलाई सम्झाउँदै
माघ १०, २०७३

 

पूर्वेली ठेट लोकगीत गायिका हीरादेवी वाइबाका पुराना लोकप्रिय गीतलाई उनकै छोरा सत्य आदित्य वाइवा तथा छोरी नवनीत आदित्यले पुन: श्रोतामाझ ल्याएका छन् । उनीहरूलाई नेपालकै स्थापित ब्यान्ड कुटुम्बले साथ दिएको छ । पहिलो चरणमा सत्य आदित्य तथा नवनीतले हीरादेवीका दुई लोकप्रिय गीत ‘फरिया ल्याइदेछन्’ तथा ‘ए स्याङ्बो’ तयार पारेका छन्, जुन अहिले युट्युबमा सुन्न सकिन्छ । 

 

आफ्नी आमाले नेपाली लोकगायनमा पुर्‍याएको योगदानको कदर गर्दै उनका सन्तानले पुराना लोकप्रिय गीतलाई नयाँ स्वरूप तथा नयाँ स्वरका साथ श्रोतामाझ ल्याउने जमर्को गरेका हुन् । हालै यी दुई गीत तयार पारेर लन्डन फर्किएका सत्य आदित्य वाइबा भन्छन्— ‘हामीले आमाका गीतलाई पुन: नयाँ बनाउन त्यसलाई रि–रेकर्डिङ गर्ने उद्देश्यले एउटी गायिकाको खोजी गर्‍यौं । त्यसक्रममा दिदी नवनीतले आफैंले ती गीत गाउने निर्णय सुनाइन् ।

 

बाल्यकालमा पनि हामी दिदी–भाइ आमाले रियाज गरेको बेला उहाँसँगै हुन्थ्यौं । म गिटार बजाउँथें अनि दिदी आमालाई स्वरमा साथ दिन्थिन् । त्यसैले जब दिदीले आफू स्वयंले गाउने इच्छा जाहेर गरिन् तब मलाई पनि के लाग्यो भने योभन्दा उत्तम विकल्प अरू हुनै सक्दैन ।’ सत्य आदित्यका अनुसार जब नवनीतले गाउने पक्का भयो, तब उनीहरूले कुटुम्ब ब्यान्डका सारंगीवादक किरण नेपाली तथा गायक विपुल क्षेत्रीलाई आफ्नो योजना सुनाए । त्यसपछि किरण नेपालीले आफ्नो ब्यान्डका संगीतकर्मीहरूलाई समेत त्यसका लागि तयार पारेपछि सत्य आदित्य तथा नवनीत आफ्नी आमालाई श्रद्धाञ्जली दिने एल्बमको तयारीमा जुटे । 

 

सत्य आदित्यका अनुसार उनीहरूले सबैभन्दा पहिले ‘ए स्याङ्बो’ तथा ‘फरिया ल्याइदेछन्...’ लाई रि–रेकर्डिङ गरेर अनलाइनमा नि:शुल्क उपलब्ध गराउने निर्णय गरे । यी दुई गीतका साथमा थप केही गीत रि–रेकर्डिङ गरेर सत्य तथा नवनीतले आगामी वैशाखमा ‘आमालाई श्रद्धाञ्जली’ शीर्षकको एकल गीति एल्बम सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । हीरादेवी वाइवाको निधन जनवरी १९, २०११ मा भएको थियो । 

 

‘उहाँ (हीरादेवी) लोक गायनकी पर्यायझैं हुनुहुन्थ्यो, हाल खर्साङमा रहेकी नवनीत आदित्य वाइबा भन्छिन्— ‘खासगरी पूर्वेली लोकगायनमा उहाँको अद्वितीय योगदान छ । नेपाली कला, संस्कृति तथा चाडपर्वका बारेमा उहाँले गाएका दर्जनौं लोकगीत श्रोताका लागि अनमोल उपहार हुन सक्ने हामीले मानेका छौं ।’ नवनीतका अनुसार हीरादेवी उनकै बुवाको प्रेरणामा गायनमा सक्रिय भएकी थिइन् । खर्साङको अल इन्डिया रेडियोमार्फत गीत गाउन थालेकी हीरादेवी उक्त रेडियोमा उद्घोषिकाका रूपमा समेत काम गर्थिन् ।

 

हीरादेवीले सन् १९६० को दशकमा ‘फरिया ल्याइदेछन्...’ रेकर्ड गराएकी थिइन् । उक्त गीत रेडियो नेपालबाट प्रसारण हुन थालेपछि श्रोताले उनलाई मन पराउन थालेका हुन् । नवनीतका अनुसार नेपाल आएपछि मात्र हीरादेवीको वास्तविक सांगीतिक यात्रा प्रारम्भ भएको थियो । ‘मैले आमालाई श्रद्धाञ्जली दिनकै लागि उनकै गीत मेरो स्वरमा रि–रेकर्डिङ गर्ने ठूलो चुनौती मोलेकी हुँ, नवनीतका अनुसार उनले आफ्नी आमाका हे स्याङ्बो, फरिया ल्याइदेछन्, चुइया माहा, धनकुटैको डाँडामा, झिल्के नाचेको देखेर, राम्री त राम्री, कहुँबेला जस्ता गीत आफ्नो स्वरमा रेकर्ड गराएकी छिन् ।

 

आमाका गीत सुन्दै हुर्किएकाले आफूलाई ती गीत गाउन खासै समस्या नभएको नवनीत बताउँछिन् । ‘आमाको निधन भएको करिब दुई वर्षसम्म मैले उहाँका कुनै पनि गीत सुनिन, नवनीत भन्छिन्— ‘आमाको सम्झना आउने भएकाले उहाँका गीत सुन्ने हिम्मतै गरिनँ ।’ संगीतप्रति रुचि राखेकै कारण आफू आफ्नी आमाका गीत गाउन सफल भएको नवनीतको भनाइ छ । ‘अहिलेको पुस्तालाई पुराना लोक गीतको स्वाद चखाउन सफल भएँ भने मआफैं प्रति धन्य हुनेछु, नवनीत भन्छिन्— ‘यी गीतमार्फत म अहिलेको पुस्तालाई हाम्रो संस्कृतिको जरासम्म पुर्‍याउन चाहन्छु ।’ 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सङ्गीत
चिन्तामा लोकदोहोरी कलाकार

राजाराम पौडेल

वैशाख ८, २०७७

सङ्गीत
तीज गीतको चटारो छैन यसपालि

राधिका अधिकारी

वैशाख ८, २०७७

सङ्गीत
‘गाउँका शब्द गाउँदा आनन्द लाग्छ’

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

सङ्गीत
फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik