साप्ताहिक संवाददाता
चैत्र ३, २०७४
गीतकार अर्जुज रत्न ‘भिकारी’को एकल शब्द रहेको एल्वम ‘जय मायाप्रेम’ सार्वजनिक भएको छ । गतसाता सार्वजनिक एल्वममा चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर समावेश गरिएको छ । वरिष्ठ कलाकार नीर शाह र नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितिमा उक्त एल्वमको सार्वजनिक गरिएको हो । सार्वजनिक एल्बममा चार गीत समावेश छन् ।
‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्द बतास’ बोलको गीत समावेश यस एल्बमको सम्पूर्ण गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा निकेश खड्का, तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन रहेको छ । प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी, सोनु घर्तिसँगै अर्जुन, नारायण र चेतनले समेत म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :