साप्ताहिक संवाददाता
गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुति देखाएका छन् । नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया पुगेका हास्य कलाकर सिताराम कट्टेल, कुन्जना घिमिरे लोक गायक बद्री पंगेनी, गायीका मेलिना राई, लोक गायीका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्गको उपस्थिति र प्रस्तुतिमा कार्यक्रम सम्पन्न भएको छ ।
धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिनशारमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको थियो । जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेबु्रअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ ।
यसैगरी अब, क्वालालम्पुर र पेनाङ पश्चात फेबु्रअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन् ।