साप्ताहिक संवाददाता
फाल्गुन १, २०७५
गायिका अन्जु पन्तको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीले चिरा पारेको मुटु’ बोलको सार्वजनिक गीतमा अन्जुले आवाज दिएकी छिन् ।
सार्वजनिक गीतमा लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द तथा संगीत रहेको छ । हाल गीतको लिरिकल भिडियो मात्रै सार्वजनिक गरिएको छ । थुप्रै लोकप्रिय गीत सिर्जना गरेका तथा गाएका गायक तथा सर्जक कस्तुप पन्तले यो गीतको चाँडैनै म्यूजिक भिडियो निर्माण गर्ने बताएका छन् ।
नेपाली गीत/संगीतमा थुप्रै हिट गीत दिएकी गायिका अन्जु पन्तले सार्वजनिक गीतले पनि स्रोताको मन जित्ने बताएकी छिन् । सारथी म्युजिकले बजार ब्यवस्थापन गरेको गीतमा प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ ।
तिमीले चिरा पारेको मुटुको लिरिकल भिडियो :