साप्ताहिक संवाददाता
आश्विन १, २०७६
गीतकार अमृत खतिवडा ‘भान्जाभाई’ नयाँ गजल सार्वजनिक भएको छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय खतिवडाको ‘तिम्रो बदलामा सराबनै साथि बनाये’ बोलको गजल सार्वजनिक भएको हो । उक्त गजलमा सत्यस्वरुपले संगीत गरेका छन् । फडिन्द्र राईको संगीत संयोजन रहेको गजल श्यामसुन्दरले गाएका हुन् ।
सार्वजनिक गजलको म्यूजिक भिडियो समेत निर्माण गरिएको छ । गौरव गिरीले निर्देशन गरेको गजलको भिडियोमा प्रतिभा क्षेत्री र प्रवेश अर्यालले अभिनय गरेका छन् । ‘तिम्रो बदलामा सराबनै साथि बनाये, सबै भन्दा खराबनै साथि बनाये’ बोलको गजल निक्कै मर्मस्पर्शी बनेको छ ।
गजलको म्यूजिक भिडियो :