साप्ताहिक संवाददाता
आश्विन ८, २०७६
चलचित्र ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर लोकप्रिय बनेका गायक हुन्– प्रेम परियार । ‘नाई नभन्नु ल ४’ मा गीत गाएपछि हराएका गायक प्रेमलाई उनका स्रोताले पुन: चलचित्रका गीतमा सुन्न पाउने भएका छन् । उनले यसै साता चलचित्र ‘पोई पर्यो काले’को एक गीतमा आवाज भरेका छन् ।
चलचित्रमा समावेश ‘मायाले मलाई’ बोलको गीतमा प्रेमले आवाज दिएका हुन् । परियारले पढाई र स्वरमा आएको परिवर्तनका कारण आफूले केहि समय गीत नगाएको बताएका छन् ।
बदलिएका कारण आफूले केही समय चलचित्रको गीतमा आवाज नदिएको बताए । चलचित्र पोई पर्यो कालेमा समावेश उक्त गीतले आफूलाई छोएकाले पनि गीत गाएको प्रेमले बताएका छन् । उनले आफूलाई कुरेर बसेका स्रोतालाई यो गीतले सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।