साप्ताहिक संवाददाता
- राजेश हमाल, नायक
त्योभन्दा बढी के खोज्नुभएको थियो र ?
रासन-तलबमा नबाँच्ने भए जागिर छोड।
- नवराज सिलवाल, प्रहरी नायब महानिरीक्षक
अतिरिक्त कमाइ नगर्नेहरूलाई त भन्नुभएको होला नि !
एमाओवादी र कांग्रेस मिलेर जाने भन्ने कुरा बिल्कुलै गलत हो।
- अर्जुन नरसिंह केसी, नेता
सही कुरा पनि बताइदिए सजिलो हुने थियो नि !
मेरो बिहे नहुन पनि सक्छ।
- नीता ढुंगाना, नायिका
चिन्ता नगर्नुस्, अचेल त बिहे नगरिकनै विवाहको आनन्द उठाउन पाइन्छ।
हिरोइनको म्वाइँ खाने भाग्य छैन।
- जितु नेपाल, हास्यकलाकार
ट्राइ गरी हेर्नुस् न, किन भाग्यलाई दोष दिनुहुन्छ !
छ एकान छ सफल भए बर्सेनि एउटा चलचित्र π
- दीपकराज गिरी, हास्यकलाकार
नभए काशीवास त होइन नि !
समानुपातिकमा नपरे पनि आपत्ति छैन।
- भुवन केसी, नायक
तपाईंको आपत्तिले केही नाप्नेवाला थियो र !
हिरो बन्ने सपना सुनाउँदा धेरै मान्छे हाँस्थे।
- गजित विष्ट, नायक
ऐना हेरेर आफैं पनि हाँस्नुहुन्थ्यो रे त !
पार्टीमै नदेखिएकाहरूको विरोधको के तुक ?
- कमल थापा, नेता
तपाईंले छानेका मान्छे पनि पार्टीमा देखिएका थिए त ?
आमा बन्न गर्भ नै बोक्नु पर्दैन।
- रेखा थापा, नायिका
आफ्नै चित्त बुझाउन त जे भने पनि हुन्छ नि।