साप्ताहिक संवाददाता
'आमनेपाली जनताको सूचना तथा सञ्चार प्रविधिप्रतिको मोह तथा जिज्ञासालाई क्यान इन्फोटेकले सम्बोधन गर्दै आएको छ।' क्यानका अध्यक्ष विनोद ढकालले साप्ताहिकसँग भने- 'हरेक दिन अपडेट एवं विकास भैरहेका नयाँ-नयाँ प्रविधि क्यान इन्फोटेकमा सार्वजनिक गर्ने टे्रन्ड नै बसिसकेको छ। इन्फोटेकको आयोजनाले यो क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्र्तक्रिया गर्ने तथा यो क्षेत्रलाई नेपाली समाजमा प्रवर्द्धन गर्नेछ भन्ने हाम्रो विश्वास हो।'
क्यान इन्फोटेकको २० औं संस्करण यसपटक पनि भृकुटीमण्डपमै आयोजित गरिएको छ। क्यानका महासचिव अमृत पन्तका अनुसार २० वर्ष देखि पाउँदै आएको जनताको माया यो वर्षको मेलाले पनि पाउने क्यानले अपेक्षा राखेको छ। करिब ४ लाख दर्शकले मेला अवलोकन गर्ने विश्वास क्यानको छ।
क्यान इन्फोटेक- २०१४ मा मुख्य प्रदर्शनी हलमा ३९, हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष तथा ट्रसमा १ सय ४४, ओपनस्पेसमा २० तथा फुडस्टल १५ गरी कुल २ सय २१ प्रदर्शनी कक्ष छन्। मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवेयर, पावर सोलुसन्स, नेटवर्किङ, मोबाइल एसेसरिज, मोबाइल-ट्याब्लेट एप्लिकेसन्स, डिलर र डिस्टि्रब्युटर, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज, टे्रनिङ इन्स्िटच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स आदि गरेर १ सय १९ कम्पनीले सहभागिता जनाएका छन्।
मेलालाई लक्षित गरेर विभिन्न कम्पनी एवं डिस्टि्रब्युटरहरूले विभिन्न योजना सार्वजनिक गरेका छन्। ठूला व्यापारिक समूहले ठूलै र सानाले सानै किसिमका छुट एवं अन्य नि:शुल्क सेवासम्बन्धी कार्यक्रम सार्वजनिक गरेका छन्। क्यानका महासचिव पन्तका अनुसार उपभोक्ताले अन्य समयमा नपाएको सुविधा मेलामा पाउनेछन्।
सूचना तथा सञ्चार प्रविधिसम्बद्ध सबै उत्पादक एवं व्यवसायीहरू एउटै थलोमा भएकाले पनि मेला अवलोकनकर्ताले प्रविधिका बारेमा सबै प्रकारको जानकारी पाउने पन्तले बताए। व्यवसायीहरूले पनि मेलाकै क्रममा बढीभन्दा बढी सामग्री बिक्री गर्ने भएकाले उनीहरूलाई विशेष छुट दिन सहज भएको पन्तले बताए। यसपटकको मेलामा पनि नेपाली कम्पनी एवं व्यवसायीहरूले आफ्नै ब्रान्डका उत्पादन सार्वजनिक गरेका छन्। नियोटेरिक नेपालले मेलामा सार्वजनिक गरेको नियो ट्याब्लेट त्यसको एउटा उदाहरण हो।
इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई १ सय रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। त्यस्तै आइतबारलाई बिजेनस डे बताइएको छ। उक्त दिन सबैलाई १ सय रुपैयाँको टिकटमा मात्र प्रवेश दिइनेछ। इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरूबाट अगि्रम लिखित अनुरोध र नामावलीसहित पत्र आए नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
आम जनमानसमाझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्फोटेक-२०१४ मा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइएको छ। अनलाइन टिकट खरिदमा २५ प्रतिशत छुट छ। आईफोन तथा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले एन-लोकेट मोबाइल एप्लिकेसन डाउनलोड गरी क्यान इन्फोटेकमा सहभागी कम्पनी, सामान एवं ब्रान्डहरू तथा सेवासम्बन्धी जानकारी प्राप्त गर्न सक्छन्।
मेलामा प्रदर्शन गरिने सामान तथा सेवाहरूका विषयमा एसएमएसबाट पनि जानकारी प्राप्त गर्न सकिनेछ। त्यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाइप गरी ५००१ मा पठाउनुपर्नेछ। त्यसैगरी प्रदर्शनी अवधिभर हरेक दिन घण्टैपिच्छे तथा दैनिक लक्की ड्रको समेत व्यवस्था गरिएको छ।