साप्ताहिक संवाददाता
फेसनमा लेडी गागाको एल्बम 'आर्टपप' सित केही मिल्दोजुल्दो रंगढंग देखिने संकेत वसन्त ऋतुको कलेक्सनमा अनुभव गरिएको छ भने च्यानलको कलेक्सनमा ब्राइट कलरको अनगिन्ति रेन्ज देखिएका छन्। मार्क ज्याकोबको कलेक्सनमा पनि रिच, ड्रामेटिक र रिगल स्टाइलको प्रभाव देखिएको छ। सन् २०१४ मा फिटिङ र रोयल लुकले पनि विशेष प्राथमिकता पाउने अनुमान छ।
हेर्दा स्क्यान्डलस देखिए पनि बटन अप कोलर्ड ब्लाउज ब्याक विथ ब्याङका रूपमा फेसन संसारमा पुनः उदय हुनसक्छ। डिजाइनर निना रिचिको कलेक्सनमा यस्तै शैली, केही लुज फिटिङमा देखिएको छ। अर्का डिजाइनर अलेक्ज्यान्डर वाङको स्टाइल भने पिआई प्रेरित मेन्स वेयरको कलेक्सन बजारमा आएको छ।
वर्ष २०१४ मा मेटालिक प्रभाव पनि उत्तिकै बढ्ने अनुमान गरिएको छ। यही सन्दर्भमा डिजाइनर लान्भिनको कलेक्सनमा स्पेसी लुकिङ सिल्भर युनिर्फम प्रस्तुत गरिएका छन्, जसको कन्ट्राडिक्सन मेटालिक इम्बेलिस्ड फ्ल्यापर ड्रेसहरूसित छ। हेदर अकरम्यानको क्रिएसनमा मेटालिक फ्याबि्रकमा तयार पारिएका इम्बेलिस्ड गरिएका शियर स्कर्ट देखिएका छन् भने कलरफुल मेटालिक सुटले पनि फेसन संसारमा प्रवेश पाएको छ। यस पटकको वसन्त ऋतुमा इलेक्टि्रक सकर्स थिम हिट हुने बताइएको छ।
आगामी दिनहरूमा एथ्लेटिक वेयरको प्रभाव बढ्ने अनुमान गरिएको छ। गुचि, टमी हिलफाइगर जस्ता ब्रान्डमा पनि जिम वेयरको प्रभाव देख्न पाइने आँकलन छ। यो वर्ष पेस्टलको प्रभाव फ्लोरल प्रिन्टका रूपमा वसन्त ऋतुको शैलीमा देख्न सकिनेछ। यसैको झझल्कोका रूपमा डिजाइनर प्रबल गुरुङको कलेक्सनमा क्लिन लाइन्स र डिफाइन्ड सिलहुट्सको प्रभाव देखिएको छ, जसमा उल्ल्ोखित प्यालेटको प्रयोग थियो। जेसन वुले भने आफ्नो कलेक्सनमा थोरै मात्रामा कलरलाई स्थान दिएका छन्।
यो वर्ष लम्बाइको दृष्टिले झन्डै गत वर्षको बोइफ्रेन्ड ब्लेजरसित मिल्दो क्रप्ड ज्याकेटले स्थान बनाउने देखिन्छ, जसमा स्टाइल बक्सी वा ओभर साइज्ड हुन सक्छ। यो शैलीलाई प्राथमिकता दिनेहरूमा थाकुन, म्याक्स अज्रिया र रेबेका मिन्कोफजस्ता डिजाइनर छन्।
क्रप्ड शर्ट्सको जोडाका रूपमा यो वर्ष वाइड लेग्ड एवं ब्यागी पाइन्टले आफ्नो उपस्थिति जनाउने अनुमान गरिएको छ। क्यारेन वाल्कर, स्कारलेट रोन्सन र अलेक्ज्यान्डर वाङको पछिल्लो कलेक्सनमा यी शैलीका नमुनाले स्थान पाएका थिए। स्प्रिङ बटन अप, क्रप टप्स, क्रप्ड ज्याकेट देखि अन्य थुप्रै सित जोडा मिलाउने सकिने यी बटम वेयरलाई हिल्सदेखि अक्सफोर्ड फुटवेयरसित जोडा मिलाउन सकिन्छ। यो शैली झन्डै ७० को दशकताकाको जस्तो देखिन्छ।
यो वर्षको फेसनमा टिलेन्थ स्कर्टको पनि प्रभाव रहने अनुमान गरिएको छ। प्रोएन्जा स्कोलर, एलाइस एन्ड ओलिभियाको कलेक्सनले यो शैलीलाई महत्त्व प्रदान गरेको छ। ४० को दशकदेखि ६० को दशकको प्रारम्भसम्मको यात्रा तय गरेको यो फेसनशैलीले उतिबेला मेटालिक फ्याबि्रकमा स्थान पाएको थियो भने अहिले यो शैलीलाई क्रप टपको जोडाका रूपमा अपनाइने अनुमान गरिएको छ।
सिफ्ट ब्लाउज यसपटक देखा पर्ने अनेकन् शैलीमध्ये बढी प्रचलनमा रहने अनुमान गरिएको छ। ड्रेसी टिसर्टको इक्विभ्यालेन्टका रूपमा अपनाउन सकिने यो स्टाइललाई क्याल्भिन क्लाइनले टु पिस सूटको हिस्साका रूपमा प्रस्त्ुत गरेका छन्। यसलाई जिन्स वा सोर्ट्ससित पनि कम्बाइन गर्न सकिन्छ। यसलाई क्रप ज्याकेटसित पनि लगाउन सकिन्छ।
उल्लेखित शैलीबाहेक यो वर्ष एनिमल एवं स्नेक प्रिन्ट्सबाट केही हटेर नयाँ सोफिस्टिकेटेड एनिमल प्रिन्टस् स्विट सिरन टोन्स हनीमा देखा पर्नेछन्। सुज, नेकपिस, इयररिङ्समा पनि हार्ड ग्लेज्ड शेल लुक देख्न पाइनेछ।
बीडेड, भिक्टोरियन हवाइन लुकका साथमा फ्लोरल्सको प्रभाव यो वर्ष बढ्ने अनुमान गरिएको छ। लेसको प्रयोगले पनि पहिरन शैलीमा धुम मच्चाउनेछ। फुटवेयरका अनेकन् शैलीसँग मिड काल्फ लेन्थ बुटको प्रचलन बढ्नेछ। सिमर एन्ड साइनको स्टाइल पनि लोकप्रिय हुने देखिन्छ। यो वर्ष प्लिट्सको पुनरागमन हुने अनुमान गरिएको छ भने सर्टका साथमा प्लिटेड स्कर्ट्सले स्लिमर र सेक्सी लुकलाई प्रमोट गर्नेछ।