सुबिसुको जीपन प्रविधि र डबल स्पिड इन्टरनेट अफर
टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रालिले इन्फोटेकमा जिपन प्रविधि सार्वजनिक गरेको छ। फाइबरबाट इन्टरनेट चलाउने यो प्रविधि घरायसी तथा साना कार्यालयहरूका लागि निकै उपयोगी छ। यस्तो प्रविधि विगतमा ठूला व्यावसायिक घरानाले मात्र प्रयोग गर्दै आएका थिए। सुबिसुले ल्याएको जीपन प्रविधिमार्फत सर्वसाधारणले घरमै फाइबर इन्टरनेट प्रयोग गर्न पाउने छन्। सुबिसु केबलनेटले डबल स्पिड इन्टरनेट अफर पनि ल्याएको छ। यो योजनाअन्तर्गत एक वर्षका लागि कुनै पनि प्याकेजको इन्टरनेट खरिद गर्ने ग्राहकले हालको भन्दा दोब्बर स्पिडमा इन्टरनेट प्रयोग गर्न पाउनेछन्। यो योजना इन्फोटेकमा बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुनेछ।
सामसुङको ग्यालेक्सी एस ड्यु २, ग्यालेक्सी ट्रेन्ड तथा स्टार प्रो
क्यान इन्फोटेकको डायमन्ड स्पोन्सर आईएमएस प्रालिले सामसुङको ग्यालेक्सी एस ड्यु २ स्मार्टफोन सार्वजनिक गरेको छ। गत नोभेम्बरमा मात्र विश्वबजारमा प्रवेश गरेको यो स्मार्टफोन छोटो समयमै निकै लोकप्रिय भएको छ। ४ इन्चको डिस्प्ले रहेको यो फोनको प्रोसेसर १ दशमलव २ गिगाहर्ज छ। शून्य दशमलव ३ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा तथा ५ मेगा पिक्सेलको रियल क्यामेरा रहेको यो फोनमा ७६८ एमबीको र्याम छ। एन्ड्रोइड ४ दशमलव २ मा चल्ने यो फोनको ब्याट्री क्षमता १५०० एमएएच छ।
एस पावरको मल्टिपीसी तथा पकेट चार्जर
क्यान इन्फोटेकको सिल्भर स्पोन्सर बीपीई प्रालिले प्रदर्शनीमा राखेको सीपीयुबिना नै कम्प्युटर चलाउन सकिने मल्टिपीसी धेरैको रोजाइमा परेको छ। भमा ब्रान्डको यो एउटै पीसीमार्फत धेरैवटा कम्प्युटर चलाउन सकिन्छ। यसले गर्दा सीपीयूमा लाग्ने विद्युत्को बचत हुनुका साथै ठाउँको समेत सदुपयोग हुन्छ। 'भमा थिन क्लाइन्ट' नामको यो पीसी विन्डोज एक्स पी, विन्डोज-७ तथा विन्डोज एक्सपी-७ गरी तीन मोडलमा उपलब्ध छ। यसका साथै सर्भाे स्टार ब्रान्डका विभिन्न्ा क्षमताका सिंगल फेज तथा थ्री फेजका स्टेवलाइजर र्फचुनर ब्रान्डका विभिन्न क्षमताका सोलार हाइबि्रड युपीएसहरू लगायत बीपीई ब्रान्डमा १ केभीएदेखि ४२०० केभीए सम्मका अनलाइन युपीएसहरू पनि सार्वजनिक भएका छन्। त्यस्तै विभिन्न ब्रान्डका स्मार्टफोन, आइप्याड, ट्याब्लेट तथा डिजिटल क्यामेरा एवं मोबाइलमा सपोर्ट हुने पेब्बल ब्रान्डका पकेट चार्जर पनि इन्फोटेकमा उपलब्ध छन्। पकेट चार्जरले आफ्नो डिभाइसमा चार्ज सकिने हो कि भन्न्ो समस्याबाट मुक्त गराउँछ।
१०० रुपैयाँमा थ्रीजी सिम
नेपाल टेलिकमले इन्फोटेकमा १ सय रुपैयाँमा थ्रीजी सिम उपलब्ध गराएको छ। यो सिममा १ सय रुपैयाँबराबरकै ब्यालेन्स पनि रहनेछ। यो योजना इन्फोटेकमा मात्र लागू हुनेछ। अहिले यो सिमका लागि २ सय रुपैयाँ लाग्छ। साधारण सिम लिएकाहरूले थ्रीजी कनेक्ट गर्न थप १ सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै टेलिकमले इभिडियो, डेटाकार्ड, वाइम्याक्स आदि सेवा पनि उपलब्ध गराएको छ।
इन्स्पीरियन अल्ट्राबुक ५४२३
इन्फोटेकको गोल्ड स्पोन्सर जेनरेसन नेक्स्टले डेल, एप्पल, कोर सिसिटिभी, लिनि सिसिटिभी, जीकेभी सिसिटिभी, जीनेक्स्ट पावर ब्यांक चार्जरजस्ता थुप्रै उत्पादन सार्वजनिक गरेको छ। इन्फोटेकमा इन्स्पीरियनका अल्ट्राबुक ५४२३, डेल ब्रान्डका भोस्ट्रो मोडलका ल्यापटप, इन्स्पीरियन ७००० मोडलका ल्यापटप पनि सार्वजनिक गरेको छ। त्यसका साथै जेनरेसन नेक्स्टले डेल ब्रान्डका विभिन्न मोडलका प्रिन्टर, प्रोजेक्टर, मनिटर, रेटिना डिस्प्लेसहित एप्पलको आइम्याक तथा म्याक बुक प्रो समेत विशेष सहुलियतमा उपलब्ध गराएको छ।
वेबसर्फरकोे छुट र अफर
इन्टरनेट प्रदायक कम्पनी वेबसर्फरले पनि इन्फोटेकको अवसरमा थुप्रै अफर सार्वजनिक गरेको छ। कम्पनीले इन्फोटेकमा सेवा लिने ग्राहकलाई प्याकेजमा छुट तथा उपहार प्रदान गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले १ वर्षको जुनसुकै प्याकेज खरिद गरे पनि एउटा ल्यापटप ब्याग उपहार दिने व्यवस्था गरेको छ। त्यस्तै विभिन्न्ा प्याकेजमा १ एमबीपीएसको इन्टरनेट उपयोग गर्न सकिने स्किम पनि सार्वजनिक गरिएको छ। वेबसर्फरले विभिन्न प्याकेजमा विद्यार्थी सहुलियत तथा बोनस उपलब्ध गराएको छ। त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले पनि थुप्रै अफर सार्वजनिक गरेको छ।
इसीआर मेसिन
यो प्यासिफिक कमर्सियल प्रालिले सार्वजनिक गरेको नयाँबिलिङ मेसिन हो। साना पसलहरूदेखि ठूला सुपरमार्केटहरूका लागि समेत उपयोगी यो मेसिन जापानमा बनेको हो। इन्फोटेकमा तीन प्रकारका इसिआर मेसिन सार्वजनिक गरिएको छ जसलाई पसलको आकार अनुसार प्रयोग गर्न सकिन्छ। सुविधा र आकार अनुसार इसीआर मेसिनको मुल्य ३५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ।
सोर्सर्यांकका प्रिन्टरहरू
सोर्सर्यांक प्रालिले प्रदर्शनीमा विभिन्न मोडलका प्रिन्टर सार्वजनिक गरेको छ। कम्पनीले इन्फोटेकमार्फत जेरक्स वर्क सेन्टर ५३२५, जेरक्स फेजर ६०१०, जेरक्स फेजर ७१००, जेरक्स वार्क सेन्टर ३२१०, जेरक्स फेजर ३०४५ बी जस्ता मोडलका प्रिन्टर उपलब्ध गराएको छ। बजार मूल्य १० हजार १ सय ७० रुपैयाँ पर्ने जेरक्स फेजर ३०४० प्रदर्शनीमा ७ हजार ९ सय ९९ रुपैयाँमै उपलब्ध छ। बजार मूल्य २० हजार ३ सय ४० पर्ने जेरक्स वर्क सेन्टर ३२१० मोडलको प्रिन्टर प्रदर्शनीमा १५ हजार ९ सय ९९ रुपैयाँमै उपलब्ध छ भने बजार मूल्य २५ हजार ९ सय ५० पर्ने जेरक्स फेजर ३०४५ एन ई प्रदर्शनीमा १९ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध हुन्छ।
बेन्ट-रेको एसीसी स्विफ्ट
बेन्ट-रे टेक्नोलोजि्जले विभिन्न सफ्टवेयर सार्वजनिक गरेको छ। यो सफ्टवेयरमा नेपाली र अंग्रेजी मिति सपोर्ट हुने, डबल इन्ट्री सिस्टम, मल्टिपल कम्पनी सपोर्ट, वन क्लिक फिस्कल इयर क्ल्ोजिङ, नेपाली मापदण्ड, मल्टिपल भौचर पोष्टिङ, रिकन्सिलेसन तथा डिप्रिसियसन क्यालकुलेसन, मल्टिपल वर्कस्टेसन सपोर्ट रिपोर्टहरू, वर्ड, एक्सेल एवं पिडिएफमा सपोर्ट, टचस्त्रिmन पीओएस सपोर्ट, अटोमेटिक ब्याअप जस्ता विशेषता छन्।
अप्टिमा ४०० ल्यापटप
ग्याजेट्स नेपालले सार्वजनिक गरेको ओपीटी ४०० ल्यापटपमा ९ दशमलव ७ इन्चको डिस्प्ले छ। १ दशमलव ५ गिगाहर्ज प्रोसेसरको यो ल्यापटपमा मल्टी टचस्त्रिmनको सुविधा छ। थुप्रै एप्लिकेसन सपोर्ट गर्ने यो ल्यापटपको मेमोरी ८ जीबी छ। शून्य दशमलव ३ एमपीको फ्रन्ट तथा २ दशमलव ० एमपीको रियल क्यामेरा भएको यो अपरेटिङ सिस्टम ४ दशमलव ० आईसीएसमा अपडेट हुन्छ। यसको ब्याट्री क्षमता ७ हजार एमएएच छ।
एप्स/सफ्टवेयर र एन्टिभाइरसका स्टलहरू
इन्फोटेकमा एप्स, सफ्टवेयर तथा एन्टिभाइरस उत्पादन कम्पनीहरूको पनि उल्लेख्य सहभागिता छ। क्यास्पेरेस्कि, इस्क्यान, इसेट, के सेभेन, डिफेन्डर, स्माप फाइटर, एभिराजस्ता एन्टिभाइरसहरू प्रदर्शनीमा उपलब्ध छन्। इन्फोटेकमा सफ्टवेयर तथा एप्स निर्माण कम्पनीहरूले पनि आफ्ना उत्पादनहरूको प्रवर्द्धन एवं बिक्री गर्नेछन्। मोबाइल एप्स तथा इकमर्स सोलुसनसम्बन्धी काम गर्दै आएको ब्रेनडिजिट आइटी सोलुसनले मोबाइलमा प्रयोग हुने विभिन्न एप्स सार्वजनिक गरेको छ। कम्पनीले न्युज एप्स खबरसञ्चार, डाटा प्रोटेक्सन एप्स, फाइल लकर एप्स, लिस्टविंगो, बजेट प्लानर, ट्रेक गाइड आदि एप्स निर्माण गर्दै आएको छ।
म्युजिक र साउन्ड सिस्टमहरू
इन्फोटेकमा स्याकर प्रालि, यु-सपmट टेक्नोसिस आदि थुप्रै कम्पनी तथा विक्रेताले मनोरञ्जनका सामग्रीहरू प्रदर्शन गरेका छन्। हालसालै नेपाल भित्रिएका र पहिलो पटक इन्फोटेकमा सार्वजनिक गरिएका थुप्रै हेडफोन, आइफोन, साउन्ड सिस्टम क्यान इन्फोटेकमा उपलब्ध छन्। गीत सुन्दा बाहिरको आवाज नसुनिने र स्पिकरबाटै सिधै गीत सुन्न मिल्ने खालका हेडफोन पनि भित्रिएका छन्।
तालिम र सेवाप्रदायकहरू
इन्फोटेकमा आईटीसम्बन्धी तालिम दिने विभिन्न संस्था एवं आईटीसम्बन्धी पढाइ हुने विभिन्न शिक्षण संस्थाहरूको पनि उल्लेख्य सहभागिता छ। ती संस्थाहरूले इन्फोटेकको अवसरमा विशेष छुटसहितका प्याकेज सार्वजनिक गरेका छन्। प्रदर्शनीमा एक्सेस की एकेडेमी, ब्ल्याक हप कलेज, कम्प्युटर प्वाइन्ट नेपाल, माइक्रोलिंक, एप्टेक, माइलस्टोनजस्ता संस्थाले सहभागिता जनाएका छन्।
एनिमेसन तथा ८ डी सिनेमा
माया एनिमेसनसहितका कम्पनीले एनिमेसनसम्बन्धी विभिन्न सामग्री एवं कोर्स सार्वजनिक गरेका छन्। त्यस्तै क्रेजी एम्युसियस प्रालिले ८ डी सिनेमासम्बन्धी जनचेतना अभिवृद्धि सामग्री प्रदर्शन गरिरहेको छ।
आईसिटी सम्मेलन पनि
क्यान इन्फोटेकको अवसर पारेर क्यान आईसिटी सम्मेलन पनि हुने भएको छ। आगामी आइतबार र सोमबार हुने यो सम्मेलनमा विभिन्न मुलुकका सूचना तथा सञ्चार प्रविधि विज्ञहरूले सहभागिता जनाउनेछन्। क्यानका उपाध्यक्ष विश्व बलामीका अनुसार सम्मेलनमा नेपाल सरकार, निजी क्षेत्र तथा संस्थागत क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्। बर्सेनि आयोजना हुने यो सम्मेलनलाई समयअनुरूपको थिममा सञ्चालन गरिन्छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनका लागि आवश्यक रणनीति तय गर्न सम्मेलन सार्थक हुने बलामीले बताए।
क्यान आईसिटी सम्मेलन होटल एभरेस्ट, नयाँ बानेश्वरमा हुनेछ। यो संस्करणको सम्मेलनको शीर्ष प्रायोजक पनि सुबिसु रहेको हुनाले अफिसियल नाम नै सुबिसु क्यान आईसिटी सम्मेलन-२०१४ राखिएको छ।
'मोबाइल टेक्नोलाजी फर स्मार्ट सोसाईटी' मूल विषयमा सम्पन्न हुन लागेेको उक्त सम्मेलनमा मोबाइल टेक्नोलोजीमा नवीनतम प्रविधि तथा भ्यालु एडेड सर्भिसेस, एम-गभर्नेन्स, एम-कमर्स र पेमेन्ट, एम-बैंकिङ, एम-एजुकेसन जस्ता विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् भने सामाजिक परिवर्तनमा मोबाइल टेक्नोलोजीको भूमिका विषयमा समूहगत छलफलसमेत सञ्चालन गरिनेछ।
उक्त सम्मेलनमा नलेज म्यानेजमेन्ट एन्ड मोबाइल मिडिया एक्सपर्टमा डा. मदनमोहन राव किनोट स्पिकरका रूपमा सहभागी हुनेछन्। ४ सत्रमा सञ्चालन हुने सम्मेलनको पहिलो दिन मोबाइल इनोभेसनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूबाट बहस चलाइनेछ भने दोस्रो दिन नेपालमा मोबाइलको प्रयोगः समाजिक रूपान्तरणमा प्रभाव विषयमा बहस चलाइनेछ। सम्मेलनमा विभिन्न नेपाली वक्ताले हरेक सत्रमा नेपाली दृष्टिकोण प्रस्तुत गर्नेछन्। यो दुई दिने सम्मेलनमा बंगलादेश, भारत, पाकिस्तान आदि मुलुकका विज्ञहरूले पनि कार्यपत्र
प्रस्तुत गर्नेछन्।
क्यान भव्य बनाएका छौं
अमृत पन्त, महासचिव क्यान
क्यान इन्फोटेकको व्यवस्थापन कसरी मिलाइएको छ ?
विगतको तुलनामा यसपटकको इन्फोटेकलाई अझ भव्य बनाएका छौं। अवलोकनकर्ता एवं स्टलमा बस्नेहरूबीच सहज रूपमा अन्तर्त्रिmया हुन सक्ने वातावरण तयारी पारिएको छ। क्यानले पहिले आफैंले स्टल निर्माण गरेर व्यवसायीहरूलाई स्टल प्रदान गर्ने गरेकोमा अहिले व्यवसायीहरूलाई स्पेस मात्र दिएर आफूले चाहेजस्तो स्टल बनाउने स्वतन्त्रता दिएका छौं।
इन्फोटेक त निरन्तरताका लागि निरन्तरता जस्तो मात्र देखिन्छ नि ?
तपाईंले भनेजस्तो होइन, संसारभर प्रविधि हरेक दिन तँछाड-मछाड गर्दै अघि आइरहेको छ। हरेक इन्फोटेकमा नयाँ-नयाँ प्रविधि सार्वजनिक हुन्छन्, त्यही भएर अवलोकनकर्ताहरूको उपस्थिति पनि बढ्दै गएको छ। त्यसैले पनि इन्फोटेक निरन्तरता मात्र होइन उपलब्धिमूलक प्लेटर्फम हो।
अहिलेसम्मको अनुभवलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
सन् १९९५ मा २७ वटा स्टलबाट सुरु भएको इन्फोटेकको आफ्नै किसिमको इतिहास छ। सन् २००० मा तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्दा इन्फोटेकको ब्रान्डिङ भैसकेको थियो। सम्मेलन केन्द्रबाट भृकुटीमण्डपमा आउनुपर्दा केही खस्किएको अनुभूति भएको थियो, तर प्रारम्भिक वर्षहरूभन्दा अहिले भृकुटीमण्डप व्यवस्थित भएको छ। यद्यपि भृकुटीमण्डप मेला आयोजना गर्ने स्थल भने होइन, हामीले ठूलो मेहनत गरेर त्यसलाई सजाउनुपरेको छ।
क्यानले कमाउननै इन्फोटेक आयोजना गर्छ भनिन्छ नि ?
क्यान गैरनाफामुखी संस्था हो, तर त्यसो भन्दैमा यो संस्थाको इन्फ्रास्ट्रक्चर, कर्मचारीको तलब जस्ता कुरामा खर्च गर्न आम्दानी चाहिदैन भन्ने होइन। इन्फोटेकबाट आम्दानी त्यही काममा खर्च हुने हो। यस्तै मोफसलमा इन्फोटेक गर्न, सेमिनार चलाउन पनि आर्थिक सहयोग गर्छौं। यो आम्दानी नै विभिन्न कार्यक्रमको खर्चको स्रोत हो, तर यति हुँदाहुँदै पनि इन्फोटेक आयोजनाको मूल उद्देश्य प्रविधिका बारेमा जनचेतना फैलाउनु नै हो।