साप्ताहिक संवाददाता
निर्देशन, कथा, संवाद, पटकथा, अभिनय, निर्देशन सबै विधा उत्कृष्ट लागेको पहिलो चलचित्र यही हो।
पुस्तक ः वेश्यासँग बिताएको एक साँझ
प्रकाश आङ्दाम्बेद्वारा लिखित यो पुस्तकमा समाजमा घटेका र घटिरहने सबै घटनालाई कलात्मक ढंगले चित्रण गरिएको छ।
गायक ः नारायण गोपाल
स्वरको गहिराइ र गायनमा पाइने साधारणपनका कारण म उहाँबाट प्रभावित छु। स्वरको लचकता, शब्द चयन र गीत गाउँदाको फिल पनि अद्वितीय छ।
गायिका ः तारादेवी
उहाँको स्वरको टोन कर्णप्रिय छ, साथै उहाँको गायकीमा जुन गुणस्तर छ, त्यो अन्य गायिकामा पाउन गाह्रो छ।
संगीतकार ः रञ्जित गजमेर
उहाँको संगीत सरल हुनुका साथै सबैले गुनगुनाउन सक्ने शैलीका हुन्छन्। गजमेर कर्णप्रिय र मिठासपूर्ण गीत सिर्जना गर्न सिपालु हुनुहुन्छ।
खाना ः दाल, भात, तरकारी
यो नेपाली खानाको स्वाद असाध्यै मनपर्छ। स्वास्थ्यका दृष्टिकोणले पनि यो भन्दा उत्तम खाना अर्को हुन्छ जस्तो लाग्दैन।
पहिरनः क्याजुअल
हरेक अवसर र समारोह सुहाउँदो हुनुका साथै लगाउँदा पनि सजिलो हुने भएकाले।
मौसम ः वसन्त ऋतु
नयाँ पालुवा पलाउने यो मौसममा भित्रैदेखि जोस पलाएर आउँछ।
चाडपर्व ः तिहार
फूल, प्रकाश, गीत, संगीत, प्रेम, सद्भाव आदि कुराले तिहारलाई विशेष बनाएको हुन्छ।
ठाउँ ः भेडेटार
नेपालको एउटा त्यस्तो स्थान जहाँ १५ मिनेटमै भिन्न-भिन्न प्रकारको मौसम अनुभव गर्न सकिन्छ।
मन्दिर ः मनकामना
धर्म र घुमघाम एक साथ हुने भएकाले।
रंग ः खैरो
पहिलो कुरा त यो भलाद्मी रंग हो, अर्को कुरा यो रंगका पहिरन हत्तपत्त फोहोर देखिँदैनन्।
व्यक्तित्व ः मेरी आमा
उहाँको साहस र संघर्ष गर्न सक्ने क्षमताबाट म जीवनभर प्रभावित भैरहनेछु।