साप्ताहिक संवाददाता
एवार्डको राष्ट्रिय भावनाको गीतको विधामा उन्नती बोहरा शिलाको सुन रे, दिनेश अधिकारीको हिमालका कुरा, धनराज सुब्बाको नेपालकी छोरी, रञ्जना राईको वीरताको नासो तथा रविन शर्माको चिरेर हेर मनोनीत छन्। उत्कृष्ट पप गायिकामा आस्था बी, आस्था राउत, माण्डवी त्रिपाठी, मिलन अमात्य तथा श्रेया सोताङबीच प्रतिस्पर्धा हुँदैछ भने पप गायकतर्फ एडि्रयन प्रधान, नवीन के भट्टराई, सनुप पौडेल, बाबु बोगटी तथा हेमन्त राना प्रतिस्पर्धा गर्दैछन्। पप संगीतकारको विधामा कमल खत्री, कल्याण सिंह, किरण माइकल, राजु सिंह तथा सुरेश अधिकारी मनोनीत छन्। चलचित्रतर्फ पाश्र्व गायिकामा अञ्जु पन्त, दुर्गा परियार, प्रविशा अधिकारी, मिलन अमात्य तथा रजिना रिमालबीच प्रतिस्पर्धा हुँदैछ भने पाश्र्व गायकको विधामा राजेश पायल राई, दीपक लिम्बू, प्रहलाद तिमिल्सिना, शिव परियार तथा स्वरूपराज आचार्य प्रतिस्पर्धी छन्।
सुगम संगीततर्फ उत्कृष्ट गीतकारको विधामा आनन्द अधिकारी, वसन्त चौधरी, भूपेन्द्र खड्का, योगेन्द्रमणि दाहाल र राजुबाबु श्रेष्ठ मनोनीत छन् भने सुगम संगीतकारको विधामा आनन्द राई, न्ह्यू बज्राचार्य, राजु सिंह, शिलाबहादुर मोक्तान तथा हरि लम्साल प्रतिस्पर्धी छन्। सुगम संगीत गायकतर्फ प्रमोद खरेल, विश्व नेपाली, मनोज सेवा, रामकृष्ण ढकाल र शिव परियार प्रतिस्पर्धी छन् भने गायिकातर्फ अञ्जु पन्त, कुन्ती मोक्तान, रजिना रिमाल, रिमा गुरुङ तथा संगीता राना प्रतिस्पर्धा गरिरहेका छन्। एवार्डको उत्कृष्ट एल्बमतर्फ लभ फरएभर, बाँचुन्जेलीलाई, रजिना, रंग तथा सत्यताबीच प्रतिस्पर्धा छ।