साप्ताहिक संवाददाता
लोकदोहोरीका अमरविरही गुरुङ, प्रजापति पराजुली, नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, कोमल वली, चन्द्र शर्मा, बद्री पंगेनी, नवीन पौडेल, विमलराज क्षेत्री, देविका के.सी., खुमन अधिकारी, राधिका हमाल, शिरीष देवकोटा, रामजी खाँण, मिलन लामा, टीका पुन, जानकी मगर, कला पंगेनी, पार्वती जीसी., मञ्ज महत, शोभा त्रिपाठी, लक्ष्मी ढकाल, प्रचण्ड जीसी, वैकुण्ठ महत, लक्ष्मण खड्का र सपना गाहाले लोकसंगीतका पारखीहरूलाई पालैपालो नचाए भने आधुनिक एवं पपका देविका बन्दना, सुगम पोखरेल, हेमन्त शर्मा, कमलमान सिंह, आस्था बी, शिव परियार, मिलन अमात्य, कमल खत्री, आकांक्षा बस्याल, रेजिना रिमाल र एन्जिला रेग्मीले पनि आफ्ना प्रशंसकहरूलाई झुमाए। मेलामा हास्यकलाकारहरू जितु नेपाल, रवि डंगोल, पूर्ण थापा, देवीराम पराजुली आदिले दर्शकलाई व्यङ्ग्य र क्यारिकेचरमार्फत हँसाए। बुटवल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा स्वदेशी तथा विदेशी गरी ५ सय ८० स्टल राखिएको मेलामा सांस्कृतिक कार्यक्रममा रमाउन, नयाँ उत्पादन र प्रविधि अवलोकन एवं सामान किनमेलका लागि ५ लाख दर्शक सहभागी भएको बताइन्छ।