मिस डिभा चितवन- २०७० को अन्तिम प्रतिस्पर्धामा १७ जना युवतीलाई पछि पार्दै मनीषा गुरुङ 'मिस डिभा चितवन-२०७०' घोषित भइन। मिस डिभाको उपाधिसँगै उनले ५ वटा म्युजिक भिडियोमा काम गर्ने तथा एक वर्षसम्म १ लाख बराबरको विज्ञापनमा सहभागी हुन पाउनेछिन्। प्रतियोगितामा सोनी गुरुङ फस्ट रनर्सअप भइन्। उनले ३ वटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाउनेछिन्। त्यस्तै सेकेन्ड रनर्सअपको उपाधि पूजा कर्मचार्यले हात पारिन। उनले एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछिन्। प्रतिस्पर्धामा १६ देखि २६ वर्षसम्मका किशोरीहरूको सहभागिता थियो भने अन्य ९ विधाका उपाधि विजेताहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।