मुन्द्रे ः ओए धुर्मुस उ त्यो मान्छे छ नि त्यो विश्वकै मुर्ख मानिस हो।
धुर्मुसे ः होइन को मान्छे?
मुन्द्रे ः ऊ त्यो रातो ज्याकेट लगाएर यतै आउँदैछ नि, हो त्यो, पाङ्ग्रे हो, लास्टै मुर्ख छ।
अहिले यहाँ आएपछि देखि हाल्छस् नि।
पाङ्ग्रे आएपछि मुन्द्रे ः पाङ्ग्रेलाई हातमा एउटा ५० को अनि अर्कोमा १० को नोट देखाउँदै कुनचाहिँ लान्छस?
पाङ्ग्रेले नबोली १० को नोट टिपेर हिड्यो।
मुन्द्रे ः देखिस त, धुर्मुसे कस्तो मूर्ख छ यो पाङ्ग्रे।
एकछिन पछि धुर्मुसेले पाङ्ग्रेलाई बाटोमा भेटेर सोध्यो ः हैन भाई अघि त्यो पसलमा तिमीले ५० को नोट नटिपेर किन १० को नोट टिपेको?
पाङ्ग्रे ः अरे दाई मुर्ख त त्यो पसले हो, मलाई मूर्ख मानेर हरेक दिन १० रुपैयाँ दिन्छ, मैले ५० को नोट टिपे भने त खेलै खत्तम हुन्छ नि।
०००
पाङ्ग्रे एयरहोस्टेजसँग ः हेल्लो तिम्रो अनुहार त मेरी बूढीसँग मिल्दो रहेछ।
एयरहोस्टेजले रिसाउदै एक थप्पड दिन्छे।
पाङ्ग्रे ः (गाला छाम्दै) अनुहार मात्र होइन, बेहोरा पनि उस्तै रहेछ नि !
०००
झगडामा पिटाइ खाएर फर्किएपछि
बाबु ः खुबै राम्रो काम गरिस् होइन !
आमा ः हरे शिव ! हेर त कस्तो हालत पारिदिएका रहेछन्।
बहिनी ः दाइ, दुखिराखेको छ?
प्रेमिका ः पिटाइ खाएर पनि के मेरो अगाडि उभि'रा?
मिल्ने साथी ः बाइक निकाल सालेलाई घरबाटै निकालेर ठोक्नुपर्छ।
०००
पाङ्ग्रे सेनामा भर्ति भएछ, तालिम सकिएपछि युद्धमा जानुपर्ने भयो। युद्धमा जाने क्रममा पाङ्ग्रेले बाटोमा सोच्न थालेछ। युद्धमा जाँदा दुईवटा कुरा हुन्छ, कि त मरिन्छ, कि त मारिन्छ। मारियो भने त ठिकै छ, मरियो भने २ वटा कुरा हुन्छ। कि त जलाउँछन् कि त गाड्छन्। जलाए भने त ठिकै हुन्छ, गाडे भने दुईवटा कुरा हुन्छ, कि त त्यहाँ रुख उमि्रन्छ कि त घाँस उमि्रन्छ। रूख उमि्रयो भने त ठीकै हुन्छ, घाँस उमि्रयो भने त दुईवटा कुरा हुन्छ। कि त त्यो गाइले खान्छ, कि त कागज बनाउँछन्। गाइले खायो भने त ठिकै हुन्छ, तर कागज बनाए भने दुईवटा कुरा हुन्छ। कि त किताब छाप्छन, कि त ट्वाइलेट पेपर बनाउँछन्, किताब छापे भने त ठिकै हुन्छ, ट्वाइलेट पेपर बनाए भने त दुई कुरा हुन्छ कि त केटाले प्रयोग गर्छन् कि त त्यो केटीले प्रयोग गर्छन्। केटाले प्रयोग गरे भने त ठीकै हुन्छ। केटीले प्रयोग गरे भने, छ्या मलाई कस्तो लाज लाग्छ, त्यसपछि पाङ्ग्रे युद्ध मैदान नपुग्दै भागेछ।
०००
सिंहको विवाहमा एउटा मुसा मस्त नाचिरहेको रहेछ, मुसाको नाच देखेर बेहुलो सिंहलाई लास्टै रिस उठेछ। अनि मुसालाई भनेछ ः
सिंह ः हे मुसा...... त मुसा भएर सिंहको बिहेमा किन नाचिरहेको छस?
मुसा ः -नाच्दै) म पनि पहिले सिंह नै थिए, बिहेपछि मात्र यस्तो भा'को हुँ।
०००
पैसा सकियो मोबाइलमा,
खल्ती छामें खाली रै'छ
फेसबुक खोली फोटो हेरें,
चिल्ली-चिल्ली काली रै'छ
मन्दमुस्कान कालो अनुहार,
सिउँदोचाहिँ खाली रै'छ
डेटिङ जाँदा चिनजान भयो,
आफ्नै दाइकी साली रै'छ।
०००
कपडा सबै छोटा भए 'सरम' कहाँ हुन्छ?
अनाज सबै रासायनिक भयो 'स्वाद' कहाँ हुन्छ?
खाना सबै 'डाल्डा' 'रिफाइन' 'ताकत' कहाँ हुन्छ?
नेता सबै 'कुर्सी' भोगी, 'देश' कहाँ बन्छ?
कर्मचारी 'घूस' कै लागि 'सुशासन' कहाँ हुन्छ?
०००
कन्जुस पाङ्ग्रे जंगलको बाटो भएर खालि खुट्टा कतै जाँदै थियो । बाटोमा उसको खुट्टामा काँडाले नराम्रोसँग घोच्यो, रगत निस्कियो । कन्जुस पाङ्ग्रे -मनमनै खुसी हुँदै) ः धन्न आज मैले चप्पल नलगाई हिँडेछु नत्र भने त चप्पल नै प्वाल पर्ने रै'छ।
०००
मुन्द्रे ः मैले मन पराएकी केटीले मसँग विहे गरिन यार
पाङ्ग्रे ः म करोडपति बाउको एक्लो छोरो हुँ भनिनस्?
मुन्द्रे ः भनेथें यार !
पाङ्ग्रे ः अनि के भयो त?
मुन्द्रे ः अहिले त्यो मेरी सौतेनी आमा भई।