दक्षिण अफ्रिकी मोडल केन्डिस स्वानपाल अमेरिकी मोडलिङमा स्थापित छिन्। वर्ष २०१३ मा उनले गरेका फोटोसेसन तथा विज्ञापनका कारण उनलाई गत वर्षका उत्कृष्ट मोडलहरूमध्ये एक मानिएको छ। गत वर्ष उनले असाध्यै कामुक फोटोसेसन समेत गर्न भ्याइन्। पछिल्लो समय उनको तुलनामा हलिउड नायिका माइली साइरस तथा गायिका बियोन्ससंग गर्न थालिएको छ। भिक्टोरिया सीक्रेट फेसन शोमा १० मिलियन डलर को फेन्टासी ब्रा लगाएर आफ्नो कामुकता प्रदर्शन गर्ने २५ वर्षीया केन्डिसलाई यतिबेला चर्चामा ल्याउने काम जनवरी २०१४ को भोग म्यागजिन, ब्राजिलले गरेको छ। त्यसका लागि केन्डिसले कामूकताको हद नाघेकी छिन्। त्यसो त केन्डिसले त्यसअघि पनि आफ्नो सुन्दर शरीर प्रदर्शन गर्न संकोच मानेकी थिइनन्। विक्टोरियाज सिक्रेटको फोटोसेसनमा उनले दिएको पोजले माइली साइरस तथा बियोन्सलाई समेत बिर्साएको टिप्पणी गर्न थालिएको छ।