स्टाइलिस कोट ः हरेक जाडो मौसममा कोट अवश्य लगाइन्छ भने कोटको रंग ब्राउन, ब्ल्याक वा ग्रे हुन्छ। चिसो मौसममा केही अलग र फरक देखिन कोटको स्टाइल, कट, फिटिङ तथा लेन्थमा परिवर्तन ल्याउनु राम्रो हुन्छ। कलर टोनमा ब्राइटलाई प्राथमिकता दिनुपर्छ। यो नियम कार्डिगन वा ज्याकेटमा पनि अपनाउन सकिन्छ। यो सिजनमा हिप लेन्थ, नी-लेन्थ र टाइट फिट ज्याकेट तथा कोट ट्रेन्डमा छ।
मिटन, ग्लोब्स र बिनी क्याप ः ग्लब्स र टोपीले चिसोबाट त जोगाउँछ नै, तर स्टाइलिस देखिन टोपी र पन्जाले मात्र पुग्दैन, अर्थात् कालो, खैरो, नीलो टोपी र पन्जाको साटो स्टाइलिस बिनी क्याप लगाउनुपर्छ। यसको कट र स्टाइल टाउको र कानलाई न्यानोपन दिने खालको हुन्छ। आधा औंला छोप्ने पन्जा, अर्थात् मिन्ट्समा कलरफुल कलर टोनले हातलाई न्यानो राख्नुका साथै स्टाइलिस्ट लुक पनि प्रदान गर्छ। यसमा औंला फ्री रहने भएकाले ल्यापटपदेखि किचनसम्मको काम सहज हुन्छ।
एसेसरिज पनि हुनुपर्छ न्यानो ः पहिरन शैलीमा परिवर्तन वा प्रयोग गर्न नरुचाउनेहरूले एसेसरिजको कलर टोनमा फेरबदल गर्न सक्छन्। ब्राइट टोनको एसेसरिजमा मफलर, मेटालिक रिस्ट वाच, इयररिङ्स, ब्याग्स, कलरफुल ब्याग, ब्रेसलेट आदिलाई समावेश गर्नुपर्छ। तिनले ग्ल्यामरस लुक प्रदान गर्छन्।
लेयरिङ अवश्य गरौं ः कुल देखिने चाहनामा बोल्ड अर्थात् फिक्का देखिन सकिन्छ। चिसोबाट जोगिन कपडामाथि कपडा लगाइन्छ वा कुल देखिन मात्र एउटा स्वेटर, ज्याकेट वा कोटबाट काम चलाइन्छ। विन्टर सिजनमा कोल्ड होइन कुल देखिन उलन कपडालाई लेयरिङ गर्नुपर्छ, अर्थात् सबैभन्दा पहिले थर्मल लगाउनुपर्छ। त्यसमाथि सर्ट डार्क डेनिम वा लेदर ज्याकेट प्रयोग गर्नुपर्छ। वेस्ट आउटफिट लगाएपछि लोअर आउटफिटमा ध्यान दिनुपर्छ। वेस्ट आउटफिटलाई उलन स्कर्ट, डेनिम स्कर्ट वा डेनिमसँग कम्प्लिमेन्ट गर्नुपर्छ। त्यसमा ककटेल ज्वेल्ड हेयर ब्यान्ड, सिल्क स्टोल, ह्यान्डलुम स्टोल, हेभी निट मफ्लर, ट्राएङ्गल शोल, सोल्डर र्याप आदि प्रयोग गर्न सकिन्छ।
अलटाइम फेभरेट ः उमेर जुन भए पनि, मौसम जस्तै भए पनि डेनिम जिन्स प्रायः सबैको रोजाइमा पर्छ। यो मौसममा डेनिम जिन्सअन्तर्गत स्किनी फिट जिन्स ट्रेन्डमा छ। जहाँसम्म कलर टोनको कुरा छ, यसमा डार्क ब्लू, ब्ल्याक तथा ब्राउन कलर इन छ। यो मौसममा साथीसंगिनीसित इभनिङ ह्याङ आउटमा गइँदैछ भने डेनिम क्यारी गर्न सकिन्छ। त्यसका लागि कैयन् विकल्प तथा भेराइटी उपलब्ध छन्, जस्तै पकेट, बट रिजनमा सिक्वेन्स, इम्ब्रोइडरी वर्क आदि।
इस्टर्न लुकमा फेसन ट्रेन्ड ः जाडोमा इन रहन्छ ब्रोकेड र भेल्भेट फ्याबि्रक। चिसो मौसममा साडीको साटो अनारकली सुट उपयुक्त हुन्छ। सुटमा ३६ वा त्यसभन्दा बढी कली हुनु राम्रो हुन्छ र लम्बाइ एङ्कलसम्म। अनारकली सुटमा मल्टि कलर कलि अर्थात् घेरायुक्त सुट लेटेस्ट ट्रेन्डमा छ। विवाह पार्टीमा साडी वा लेहेंगा चोली लगाउनु छ भने ब्लाउज वा चोलीका लागि ब्रोकेड वा भेल्भेट फ्याबि्रक छनौट गर्नुपर्छ। डिजाइनर स्टाइल स्टिचिङ, जरदोजी तथा गोरा वर्कले ब्लाउज र चोलीलाई चिसो मौसममा पनि ग्ल्यामरस लुक प्रदान गर्छन्।
कलर टोन ः जाडोयामका लागि ब्ल्याक, ब्राउन, नेभी ब्लू रंग नै उपयुक्त छ भन्ने सोच राख्नु ठीक होइन। समय जस्तै भए पनि आफ्नो काममा सकारात्मक ऊर्जा प्रदान गने ब्राइट कलर रेन्ज जस्तै डीप ब्ल्याक, ब्राउन, टेन सेड्स, अरेन्ज, बरगन्डी, पर्पल, टिल, इन्डिगो, भाइब्रेन्ट पिंक, इलेक्टि्रक ब्लू वा फरेस्ट गि्रनलाई प्राथमिकता दिनुपर्छ।
सुज ः पहिरनलाई पूर्णता दिन्छ जुत्ताले। मौसमअनुरूप फुटवेयरमा स्नीकर्स रेन्ज उपयुक्त हुन्छ। यसले न्यानोपनका साथै आरामदायक अनुभूति पनि प्रदान गर्छ। साँझको पार्टी ड्रेसका साथमा खुट्टाको फ्रन्ट पर्सन कभर गर्ने जुत्ता लगाउनु उचित हुन्छ। हिल आफ्नो रोजाइअनुरूप लगाउन सकिन्छ भने पहिरन अवसर र पर्सनालिटी सुहाउँदो।