साप्ताहिक संवाददाता
- राज्यलक्ष्मी गोल्छा, सभासद
घुमाउरो बाटोबाट सभासद बनेपछि व्यापार नै गरिरहनुपर्छ भन्ने के छ र ?
सेक्सी देखिनु पनि सुन्दरता नै हो।
- सुमिना घिमिरे, नायिका
त्यसैले चलचित्रमा सकेसम्म सेक्सी बन्ने प्रयास गरेको हो ?
प्रा.डा.गोविन्द केसीको मागप्रति मेरो ऐक्यबद्धता छ।
- खिलराज रेग्मी, अध्यक्ष मन्त्रिपरिषद्
डा.शशि शर्माको नियुक्तिमा पनि ऐक्यबद्धता भएर पो गाह्रो पर्यो त !
ओस्कार जित्न चलचित्र (फिटकिरी) बनाएको होइन।
- अनुप बराल, निर्देशक
कसो सिनेमा हलमा प्रदर्शन गर्न बनाएको होइन भन्नुभएन !
कलाकारले कमाएका छन्, निर्माता डुबेका छन्।
- सरोज खनाल, अभिनेता
तपाईंले अहिलेसम्म कति कमाउनुभयो र ?
मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा ६० करोड रुपैयाँको चलखेल भएको कुरा बाहिर आएको छ।
- डा.शशांक कोइराला, नेता
यति विकृति बढ्दासम्म के हेरेर बस्नुभएको थियो त ?
एउटै चलचित्र (छ एकान छ) ले ६ जना महानायक जन्माएको छ।
- भुवन केसी, अभिनेता
भनेपछि अब तपाईंहरू विस्थापित हुने दिन आए !
चलचित्र नायक बन्ने इच्छा छ।
- यम बराल, गायक
गीत गाएर पुग्यो भन्नुभएको त होइन नि ?
कुनै पनि हालतमा एक वर्षमा संविधान र माघभित्रै नयाँ सरकार गठन गर्छौं।
- झलनाथ खनाल, नेता
कुनै पनि हालतमा एक वर्षभित्रमा सरकार बनाउँछौं भन्न खोज्नुभएको त होइन होला !