माघ १०, २०७०
पोखरा
दीपेन्द्र श्रेष्ठ र कविता श्रेष्ठको रमाइलो उद्घोषणसँगै सुरु भएको कन्सर्टको दोस्रो नम्बरमा देखा परिन चुलबुले गायिका आस्था राउत। उनका हरेक प्रस्तुतीमा दर्शकहरू झुमे। १२ वर्षको अन्तरालपछि नेपाल आएकी नेपाली मूलकी अमेरिकी गायिका तेन्जिङ डोल्माले पनि नेपाली तथा अंग्रेजी गीत गाएर सबैलाई नचाइन्। त्यसपछि प्रशान्त तामाङको पालो आयो। उनले गीत सुनाउँदा रात छिप्पिसकेको थियो।