मिस ई-कलेज-२०१४ का विजेता एवं सहभागि सुन्दरीहरू आफ्नै पहलमा सामाजिक कार्यमा सक्रिय भएका छन्। प्रतियोगिताकी विजेता प्रज्ञा लामिछाने तथा अन्य सहभागीहरूले धापाखेलस्थित नवकिरण अनाथ असहाय बालउत्थान समाजमा आश्रति बालबालिकाहरूलाई पाठ्यसामग्री एवं अन्य सरसामान सहयोग जुटाएका छन्। उक्त सहयोग सामग्री समाजकी अध्यक्ष सावित्री पोखरेललाई हस्तान्तरण गरिएको थियो। नवकिरणमा ४६ जना अनाथ बालबालिका आश्रति छन्। सामग्री हस्तान्तरणका साथै नवकिरणमा आश्रति बालबालिकाहरूलाई सो दिन बिहानको खाना पनि ख्वाइएको थियो।