जीवन र अभिनयलाई नङ र मासुको संज्ञा दिने शम्भु गहतराज जीवन्त अभिनय गर्न खप्पिस छन्। मोरङ शनिश्चरेमा बाल्यकाल बिताएका गहतराज चलचित्र क्षेत्रमा जम्ने सुरमा छन्। उनी आफ्नो अभिनयमा निखार ल्याउँदै सुन-चाँदी व्यवसायमा पनि संलग्न छन्। 'अभिनय एउटा नशा हो' भन्ने शम्भु आफू 'भिलेन'को 'भूमिका'मै फिट हुने दाबी गर्छन्। साथीभाइको हौसलाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका शम्भुले नेपाली चलचित्र 'नयाँ परिवर्तन'बाट चलचित्र क्षेत्रमा 'डेब्यु' गरेका हुन्। चलचित्र 'सरी मेडम' र 'मिसन बाइक'मा पनि काम गरिसकेका गहतराज आइतबारे, उर्लाबारीका बासिन्दा हुन्। कलाकार मुरलीधरको अभिनयबाट प्रभावित गहतराज आफूलाई नायिका निशा अधिकारीको प्रशंसक बताउँछन्।