माघ ९ देखि १९ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७० मा दर्जनौ कलाकारले आ-आफ्नो प्रस्तुति दिए। मेलाको पहिलो दिन कमल खत्री तथा मिलन अमात्यले आफ्ना लोकप्रिय गीतहरू गाए। दोस्रो दिन प्रमोद खरेल आकर्षणको केन्द्र बने। तेस्रो दिन 'भद्रगोल' टिमले देशको 'भद्रगोल' शैलीमाथि व्यङ्ग्य गर्यो। सोही दिन अपाङ्ग नर्तकी रमिला न्यौपानेले पनि बेजोड प्रस्तुति दिएकी थिइन्। मेलामा शिव परियारले आफ्ना लोकप्रिय गीतहरू गाएका थिए। मेलाको नवौं दिन कमल क्षेत्री, कोसिस क्षेत्री, चेतन सापकोटा, लक्ष्मण शेष आदिले प्रस्तुति दिएका थिए। ११ दिनसम्म चलेको मेलामा कृषि, व्यापार, उद्योग, सूचना-प्रविधि, पर्यटन गरी २ सय ९२ वटा स्टल राखिएको थियो। मेलालाई ४ लाख ७५ हजार दर्शकले अवलोकन गरेको दाबी आयोजकहरूको छ।