गायक जस्टिन बिबरसँग ब्रेकअप भएपछि नायिका तथा गायिका सेलेना गोमेजको यो वर्षको भ्यालेन्टाइन्स डे निराश हुने अनुमान गरिएको थियो। जस्टिनसँग टाढिएको खबर बिर्सन नपाउँदै सेलेनाले नयाँ प्रेमि फेला पारेकी छिन्। १९ वर्षीय जस्टिनका खराब बानीका कारण सेलेनाले उनलाई छाडेको घोषणा गरेकी थिइन्। यतिबेला उनले जस्टिनभन्दा कम उमेरका आस्टिन मेहोनलाई प्रेमीका रूपमा पाएको बताइँदैछ। त्यसो त सेलेनाले आस्टिनलाई पुराना साथी भएको बताइरहेकी छिन् तर पश्चिमा सञ्चारमाध्यममा उनीहरूको सम्बन्धका बारेमा नयाँ-नयाँ खबरहरू प्रकाशित भैरहेका छन्।