युवती मधेसी, गीत नेपाली। 'कसले चोर्यो मेरो मन...' गीतसुनाउनासाथ बालमन्दिरको पूरै हल उचालियो। उनी थिइन्- कपिलवस्तु नगरपालिका, भिक्षु चोककी सपना साहनी। लकिसा भट्टराईले गाएको 'डाँडापाखा छहराले...' गीतले पनि उत्तिकै चर्चा पायो। आइडलको उक्त मेघा ट्रयाक राउन्डमा १० जना छनौट भए। दोस्रो ट्रयाक राउन्ड पार गरिआएका १७ मध्ये १० जना छनौटमा परेका हुन्। गायनकला भएका तर अवसर नपाएकाहरूलाई लक्षित गरी अवधि सांस्कृतिक विकास परिषद्ले डेढ महिनाअघि यो प्रतियोगिता प्रारम्भ गरेको हो। प्रतियोगिताको टप टेनमा कविता खनाल, प्रकाश आचार्य, करम मल्होत्रा, सुरुचि पन्थी, सपना साहनी, शिव वर्मा, मोविन अहमद, शान्ति मगर तथा नीरज कँडेल छनौट भएका छन्। टप १० बाट टप ५ को छनौट फागुन ७ गते हुनेछ। टप ५ छनौट गर्दा दर्शकले मन परेका कलाकारलाई भोटिङसमेत गर्न पाउने व्यवस्था छ।