फेसबुकको दसवर्षे यात्रा
फेसबुकले जनाएअनुसार कुल फेसबुक प्रोफाइलमध्ये १० प्रतिशत झूटो छ भने ३ करोड फेसबुक प्रोफाइल मृत्यु भैसकेका मानिसको नाममा छ। फेसबुकको दसवर्षे यात्राका क्रममा थुप्रै नयाँ प्रयोग भएका छन्। फेसबुकले ल्याएको परिवर्तन र यसमा भएका प्रमुख विकासक्रम ः
२००४ फेब्रुअरी ४ ः फेसबुकको जन्म।
२००४ डिसेम्बर ः प्रयोगकर्ताको संख्या १० लाख पुग्यो।
२००५ अगस्ट ः द फेसबुकबाट फेसबुक नामकरण, २ लाख डलरमा डोमेन खरिद।
२००५ डिसेम्बर ः प्रयोगकर्ताको संख्या ६० लाख पुग्यो।
२००६ सेप्टेम्बर ः फेसबुक समाचारको प्रारम्भ।
२००६ डिसेम्बर ः प्रयोगकर्ताको संख्या १ करोड २० लाख पुग्यो।
२००७ नोभेम्बर ः फेसबुक पेज, सेल्फ सर्भिस, एड प्लाटर्फम आदि थपिए।
२००७ डिसेम्बर ः प्रयोगकर्ताको संख्या ५ करोड ८० लाख पुग्यो।
२००८ डिसेम्बर ः डब्लिनमा कार्यालय स्थापना।
२००९ मार्च ः नयाँ फेसबुक पेज सार्वजनिक।
२००९ डिसेम्बर ः प्रयोगकर्ताको संख्या ३६ करोड पुग्यो।
२०१० डिसेम्बर ः फेसबुकको हालको प्रोफाइल सार्वजनिक।
२०११ सेप्टेम्बर ः फेसबुक टाइमलाइनको घोषणा।
२०११ डिसेम्बर ः प्रयोगकर्ताको संख्या ८४ करोड ५० लाख पुग्यो।
२०१२ जनवरी ः फेसबुक टाइमलाइन सबैका लागि सार्वजनिक।
२०१२ फेब्रुअरी ः फेसबुक फाइल आइपिओ लागू।
२०१२ अप्रिल ः १ अर्ब डलरमा इस्टाग्राम खरिद।
२०१२ अक्टुबर ः प्रयोगकर्ताको संख्या १ अर्ब पुग्यो।
२०१३ जनवरी ः ग्राफ सर्च घोषणा।
तथ्यांकमा फेसबुक
जम्मा प्रयोगकर्ता ः १ खर्ब
मोबाइल प्रयोगकर्ता ः ६८ करोड
जम्मा फेसबुक पेज ः ५ करोड
कर्मचारी ः ५ हजार ७ सय ९४ जना
विश्वभर कार्यालय ः ३०
तस्बिर अपलोड ः २ खर्ब १९ अर्ब
प्रत्येक २० मिनेटमा फेसबुकमा हुने गतिविधि
लाइक सेयर ः १० लाख
तस्बिर ट्याग ः १३ लाख २३ हजार
कार्यक्रम निम्तो ः १४ लाख
फ्रेन्ड रिक्वेस्ट एसेप्ट ः २० लाख
तस्बिर अपलोड ः २७ लाख
सन्देश पठाउने ः २७ लाख
कमेन्ट गर्ने ः १ करोड
वाल पोस्ट ः १५ लाख
फेसबुकमा सर्वाधिक लाइक गरिएका पेज
फेसबुक फर एभ्री फोन एप्स ः ३१ करोड १२ लाख
फेसबुक ः ९ करोड ५३ लाख
रिहान्ना ः ७ करोड ८५ लाख
यु-ट्युब ः ७ करोड ६६ लाख
कोकाकोला ः ७ करोड ३४ लाख
शाकिरा ः ७ करोड १९ लाख
ह्यारी पोर्टर ः ६ करोड ५६ लाख
सर्वेक्षण
- १८ देखि ३४ वर्ष उमेर समूहका करिब ४८ प्रतिशत प्रयोगकर्ता बिहान उठ्नेबित्तिकै फेसबुक चलाउँछन्।
- सक्रिय प्रयोगकर्तामध्ये ५० प्रतिशतले दैनिक फेसबुक प्रयोग गर्छन्।
- ४८ प्रतिशत अमेरिकी फेसबुकबाट समाचार पढ्छन्।
- हरेकका औसत साथी १ सय ३० जना छन्।
- औसत पेज, ग्रुप, घटना ८० वटा छन्।