साप्ताहिक संवाददाता
एप्सको दुनियाँमा यी सवै समस्याको समाधान छ। एन्ड्रोइड अपरेटिङ सिस्टमको स्मार्टफोन चलाउनेहरूको यो समस्या एउटा एप्स इन्स्टल गर्नासाथ समाधान हुन्छ। 'डु ब्याट्री सेभर' यस्तो एउटा एप्लिकेसन हो जसले मोबाइलको प्रयोगको प्राथमिकताअनुसार सिस्टम संचालन गरी ब्याट्री जोगाउन मद्दत गर्छ। यसलाई बिभिन्न मोडअनुसार सेटिङ गर्न सकिन्छ। जुन बेला मोबाइल चलाउनुछैन, त्यतिबेला यो एप्सले मोबाइलको ब्याट्री खपत गर्ने धेरैजसो फङ्सनलाई निस्क्रिय तुल्याइदिन्छ। जस्तो जनरल मोडमा राख्दा सबै मोवाइल फिचरले काम गर्छन् भने लङ मोडमा राख्दा कल र एसएमएसबाहेक सबै फिचर निष्क्रिय हुन्छन्। यदि राति मोबाइललाई स्लिप मोडमा राख्ने हो भने अलार्म र घडीबाहेक लगभग सबै फिचर बन्द रहन्छन्। यस्तै कस्टुम सेटिङमार्फत् प्रयोगकर्ताले आफूले चाहेको एप्स र फिचर अनअफ गर्ने गरी नयाँ मोड सिर्जना गर्न सक्छन्।
यो एप्सले आफ्नो मोबाइलमा कुन डिभाइस र एप्सले कति पावर खपत गरिरहेको छ भन्ने कुरा पनि देखाइदिन्छ। एप्स निर्माणकर्ता डु एप्स स्टुडियोको दावी अनुसार यो एप्सले मोबाइलको ब्याट्रीलाई ५१ प्रतिशतसम्म जोगाउँछ। अहिलेसम्म करिब २ करोड ५१ लाखले यो एप्स डाउनलोड गरिसकेका छन्। गुगल प्ले स्टोरमा यो एप्सले ४.७ स्टार पाएको छ। यसका अतिरिक्त गुगल प्ले स्टोर तथा एप्पल स्टोरमा ब्याट्री सेभ गर्ने अनेकन् एप्लिकेसन निःशुल्क उपलब्ध छन्, जहाँ नयाँ-नयाँ फिचरका साथ सेवा उपभोग गर्न पाइन्छ।