प्रोफेसनल सामाजिक सञ्जाल लिंक्डइनको लोकप्रियता ह्वात्तै बढेको छ। रोजगारी र कर्मचारी खोजका लागि लोकप्रिय मानिने यो साइट प्रोफेसनलहरूका बीच उत्साह र अवसरका रूपमा प्रयोग हुने गरेको छ। एलेक्साका अनुसार विश्वभर १४ औं स्थानमा रहेको यो साइट अमेरिकी साइटहरूमध्ये १० औं स्थानमा छ। ५ मे २००३ देखि सञ्चालनमा आएको यो वेबसाइटमा प्रवेश गर्ने नेपालीहरूको संख्या पनि बढ्दो छ। सोसियल ब्याकर्सको एक तथ्यांकअनुसारको विश्वमा यसको सदस्य संख्या १६ करोड ८७ लाख ४५ हजार ७ सय १७ जना पुगेका छन् भने नेपालमा १ लाख ६४ हजार ५ सय ३० सदस्य छन्। यो साइट प्रयोग हुने विश्वका विभिन्न मुलुकको सूचीमा नेपाल ६८ औं स्थानमा छ। यसको सदस्य संख्या सबैभन्दा बढी अमेरिकामा ७ करोड ८० लाख ९६ हजार ९ सय ६० जना छन् भने सबै भन्दा कम बोलिभियामा ३३ हजार ४ सय छन्।