साप्ताहिक संवाददाता
सोनाक्षी रोमान्टिक रिलेसनमा
एउटा हिट चलचित्र र एक जना गर्लफ्रेन्डको प्रतीक्षामा रहेका अभिनेता शाहिद कपुरलाई दुवै कुरा चलचित्र 'आर. राजकुमार' बाट एकसाथ प्राप्त भएको गाइँगुइँ चल्न थालेको छ। चलचित्र त हिट साबित भयो नै, अभिनेत्री सोनाक्षी सिन्हासित शाहिदको दोस्ती पनि भयो। दोस्ती मात्र नभै उनीहरू एक-अर्कालाई राम्रोसँग बुझ्न पनि थालेका छन्। यो निकटता र आत्मीयता कतै रोमान्टिक रिलेसनको शुभारम्भ त होइन?
ऋचाको चर्चा
चलचित्र 'गैङ्ग्स अफ वासेपुर' लाई आफ्नो फिल्मी क्यारियरको टर्निङ मान्ने अभिनेत्री ऋचा चड्ढालाई गएको वर्ष चलचित्र 'फुकरे' मार्फत पनि सफलता प्राप्त भयो भने केही समयअघि प्रदर्शित चलचित्र 'रामलीला' पनि उनको भूमिकाले प्रशंसा पायो। उनले चलचित्र रामलीलामा गुजराती बुहारी भूमिका निर्वाह गरेकी थिइन्। आफ्नो सफलताको चर्चासँगै उनी हाल 'जिया और जिया' तथा 'इश्केरिया' व्यस्त छिन्। आफ्नो सफलताबाट मख्ख ऋचा यतिबेला लोकप्रियताको स्वादमै मस्त रहन रुचाइरहेकी छिन्।
रेस्टुराँ खोल्ने तयारीमा विपाशा
विपाशा बासु हिजो आज रेस्टुराँ खोल्ने धुनमा देखिन्छिन्। त्यसका लागि उनले लोकेसन खोज्ने कार्य सम्पन्न गरिसकेको बताइन्छ। विपाशा प्राइम लोकेसनको खोजीमा थिइन्। भनिन्छ- विपाशा एउटा मल्टी कुजिन रेस्टुराँ खोल्न चाहन्छिन् जहाँ बेस्ट फुडका साथमा राम्रो वातावरण अनुभव गर्न सकियोस्।
शिल्पाको कमब्याक
बलिउडमा २० वर्षदेखि सक्रिय अभिनेत्री शिल्पा शेट्ठी लामो समयपछि एउटा एक्सन चलचित्रमार्फत पर्दामा देखिने भएकी छिन्। स्रोतका अनुसार चलचित्र 'ढिच्याउँ' बाट उनी बलिउडमा पुनः देखा पर्न लागेकी हुन्। आफैंले निर्माण गर्न लागेको यो चलचित्रमा शिल्पाका साथमा सन्नी देओल र हरमन बावेजा पनि रहनेछन्। एक्सन थि्रलरका रूपमा प्रस्तुत हुने यो चलचित्रका लागि शिल्पाले थुप्रै स्टन्ट गरेको स्रोतले जनाएको छ।