साप्ताहिक संवाददाता
उक्त शीर्षकमा लिटिलतर्फ प्रेरणा भट्टराई र स्नेहा कार्की फस्ट तथा सेकेन्ड रनर्सअप, टिन तर्फ अल्बिना क्षेत्री र कृति शाही ठकुरी फस्ट तथा सेकेन्ड रनर्सअप, मिसतर्फ एरेन्का ढकाल र तुलसा पुरी फस्ट तथा सेकेन्ड रनर्सअप र मिसेसतर्फ एलिजा गौतम र लक्ष्मी शोभा तुलाधर फस्ट तथा सेकेन्ड रनर्सअप घोषित भए। कार्यक्रममा मिस युनिभर्स-२०१३ की विजेता ली सुओ मी, क्यारोलको उपस्थिति प्रमुख आकर्षण थियो। उनी कार्यक्रममा निर्णायकका रूपमा उपस्थित थिइन् भने उनले मिसेस् युनिभर्स नेपालका विजेतालाई मुकुट पहिर्याएकी थिइन्।
गत शनिबार ई-प्लानेटको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता परिचयात्मक चरणबाट प्रारम्भ भएर विजेताको चयनमा टुंगिएको थियो, जसअन्तर्गत मौखिक प्रश्न उत्तरको चरणमा गोला प्रथाबाट छानिएका एक जोडी सहभागीले आ-आफूमा प्रश्न गरेका थिए। त्यसपछि अन्तिम चरणमा प्रवेश गरेकाहरूले निर्णायक प्रश्नको लिखित उत्तर दिएका थिए। प्रतियोगितामा पर्सनालिटी, इन्टेलिजेन्ट, कन्जिनियालिटी, पपुलर, फोटोजेनिक आदि विधामा पनि विजेताहरू चयन गरिए।