इलामको पेल्टीमारीमा सञ्चालित चुलाचुली महोत्सवमा दीपक लिम्बू, विल्सनविक्रम राई (तक्मे बूढा) आदि कलाकारले दर्शकहरूलाई तताए। सो अवसरमा गायिका विष्णु चेम्जोङले समेत आफ्नो प्रस्तुति दिएकी थिइन्। शनिबार चर्चित हास्यकलाकार तक्मे बूढाले सांगीतिक मनोरञ्जन प्रदान गरे। महोत्सवमा लिम्बू समुदायको च्याब्रुङ नाच र राई जातिको साकेला नाच प्रस्तुत गरिएको थियो।