पहिलो गर्लफ्रेन्ड संगीता विजलानीसँग नै उनको विवाह हुने चर्चा थियो। यद्यपि उनीहरूको सम्बन्धमा खटपट सिर्जना भएपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दिनलाई जीवनसाथी बनाइन्। त्यसपछि सलमान सोमी अलिसँग नजिकिए। उक्त प्रेमसम्बन्धले पनि चाँडै बिट मार्यो। यसबीच विश्वसुन्दरी ऐश्वर्या रायसँग उनको निकटता बढ्यो। अहिले ऐश्वर्या अभिषेक बच्चनकी भैसकेकी छिन्। ऐश्वर्यापछिकी गर्लफ्रेन्ड क्याटरिनाले पनि सलमानको साथ छाडेर रणवीरसँग हिमचिम बढाएकी छिन्।
उमेरले तीन दशक नाघिसकेकी पि्रयंका चोपडा पछिल्लो समय किंग खान शाहरूखसँग नजिकिएपछि गसिप बजारमा ठूलै तहल्का मच्चियो। त्यही हल्लाले परिवारप्रति वफादार भनिएका शाहरुखको छविमाथि प्रश्नचिन्ह उठ्यो। यी दुईको अफस्क्रिन रोमान्सले शाहरूख पत्नी गौरी त रुष्ट हुने नै भइन्, सार्वजनिक कार्यक्रममा शाहरूख-पि्रयंकालाई एकसाथ उपस्थित हुन समेत गाह्रो भयो। अहिले उनीहरूको प्रेम रोमान्सको चर्चा मत्थर भैसकेको छ।
निर्माता/निर्देशकद्वय एकता कपुर र करण जौहरले विवाह गर्लान्? धेरै अघिदेखि यो प्रश्न अनुत्तरित नै छ। अघिल्लो वर्ष करणको 'चेन्नाइ एक्सप्रेस' र एकताको 'वान्स अपन अ टाइम इन मुम्बई दोवारा' को रिलिज डेट जुधेपछि उनीहरूको सम्बन्ध चिसिएको थियो। यद्यपि पछि एकताले चेन्नाई एक्सप्रेसभन्दा एक साता पछि आफ्नो फिल्म रिलिज गरिन्। आफ्नो निर्णयप्रति अडिग रहने एकता करणको मायामा पग्लिएर रिलिज डेट सार्न राजी भएको हल्ला चल्यो।
'सलमानले भर्जिनिटीको कुरा गरेजस्तै एकता र आफ्नो अफेयर केवल ठट्टा मात्र भएको' करणको स्पष्टीकरण छ। यो भनाइ पत्याउने हो भने ३८ वर्षीय एकता र ४१ वर्षीय करणले आ-आफ्नो जीवनसाथी अझै फेला परिसकेका छैनन्।
टक शो 'कफी विथ करण' प्रीतिले सलमान भन्दा करणलाई आफ्नो मन दिन राजी भएको बताइन्। यो ठट्यौली सवाल-जवाफवाट के अन्दाज गर्न सकिन्छ भने प्रीति अहिले कुनै रिलेसनमा छैनन्। ४० वर्षको हाराहारीमा पुग्न लागेकी यी डिम्पल गर्ल र नेस वाडियाको प्रेमले लामो दुरी तय गर्न नसकेपछि उनको नाम क्रिकेटरहरूसँग जोडियो। यद्यपि युवराज सिंह, ब्रेट ली जस्ता क्रिकेटर एवं व्यवसायी विक्रम चटवालसँगको सम्वन्धलाई भने उनले स्विकार गरिनन्।
'लभर ब्वाइ' शाहिद कपुर फिल्मभन्दा पनि लभ अफेयरको मामिलामा चर्चित छन्। बलिउड सुन्दरी करिना कपुरदेखि पि्रयंका चोपडासम्म उनको अफेयर चल्यो। त्यसपछि उनी विद्या वालनसँग नजिकिए। यद्यपि करिनाले जस्तै विद्याले पनि शाहिदलाई छाडिदिइन्। विद्यापछि पि्रयंका चोपडा उनकी गर्लफ्रेन्डका रूपमा देखापरिन्। चलचित्र 'कमिने' वाट सुरु भएको उनीहरूको सम्बन्ध 'तेरी मेरी कहानी' सम्म आइपुग्दा पूर्ण विराम लाग्यो।