लामो समयदेखि उपचार गराइरहेका संगीतकार दीपक जंगमलाई गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहालले नगद ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। गीतकार संघको पहलमा नेपाल सरकारबाट प्राप्त आर्थिक सहयोगलाई गीतकार संघले एक औपचारिक कार्यक्रमबीच जंगमलाई हस्तान्तरण गरेको हो।