हिन्दू धर्ममा अनेक विधि एवं संस्कार छन्। कतिपय संस्कार लोप हुँदै गैरहेका छन्। यद्यपि ८४ वर्षको उमेरमा गरिने ८४ पूजा यद्यपि कायमै छ। ८४ पूजामा १ हजार चन्द्रमाको पूजा गर्ने, मण्डप बनाउने तथा होम गर्ने चलन छ। ८४ वर्ष उमेर पुगेका वृद्ध-वृद्धाको जोडीलाई बेहुला-बेहुलीको पहिरनमा मण्डपमा राख्ने, रातो टीका, फूलमाला लगाइ उपहार दिने तथा आशीर्वाद लिने यो चलन नेपालमा मात्र छ।