पहाडी क्षेत्रमा पाइने कालिज लोपोन्मुख पन्छी हो। यसका भाले-पोथी प्रायः सँगै बस्न रुचाउँछन्। कालिजका भ्ााले-पोथी बथानमा चरिरहेका भेटिन्छन्। कालिजका चल्लाहरू कुखुराको जस्तै समूहमा हुर्कन्छन्। कालिजले वैशाख-जेठ तिर चल्ला कोरल्छ। भाले कालिजले पोथी कालिजमाथि चढेर कुखुराको जस्तै शिरमा चुच्चोले च्यापेर यौनसम्पर्क गर्छ। कालिजले पनि कुखुराले जस्तै २१ दिन ओथारो बसेर चल्ला निकाल्छ।