साप्ताहिक संवाददाता
सबै जना खुसी रहुन्, यही प्रार्थना हो मेरो
भलै कसैले मलाई याद गरुन् वा नगरुन्
सबैलाई याद गर्नु, यही बानी हो मेरो !
०००
बिहे गरेपछि वा नयाँ मोबाइल
किनेपछि एउटै अफसोस हुँदोरहेछ,
काश, अलिक दिन पर्खिएको भए
नयाँ मोडलको पाउने थिए !
०००
उनले भनिन्- 'तँजस्तो त हजारौं भेट्छु।'
मैले मुस्कुराउँदै सोधें— 'फेरि मै जस्तो चाहिँ किन चाहियो नि?'
०००
कति अनौठो जिन्दगी यो
बेदना लुकाई हाँस्नुपर्ने
कति बोझिलो जिन्दगी यो
पृथ्वीको भार भै बाँच्नुपर्ने
सोच्यो भने जिन्दगी यो
दुःख-दुःखको भेल रहेछ
नसोचे जिन्दगी यो, दुई दिनको खेल रहेछ
खुसी हुँदा जिन्दगी यो
दुई आत्माको मेल रहेछ,
दुःखि भए जिन्दगी यो
सजाय भोग्ने जेल रहेछ।
०००
तिम्रा हजारौं ब्वाइफ्रेन्ड भएको
तिमी राम्री भएर होइन्।
तिमी चरित्रहीन भएर हो।
०००
कति पीडा छ यो मनमा, देखाउन मिल्दैन
कति कहानी छन् यी आँखामा
सुनाउन मिल्दैन
एकपटक धित मरुन्जेल नियालेर हेर
यो अनुहारमा
किनभने पटक-पटक
यो कात्रो हटाउन मिल्दैन।
०००
एकपटक मैनबत्तीभित्रको
धागोले भन्यो- 'जल्न त म जल्छु, तर किन तिमी पग्लिन्छौ?
मैन बत्तीले भनी- 'जसलाई आफ्नो दिलमा स्थान दिएँ ऊ छुट्टँिदा आँसु त आउँछ नै।
०००
केटी माग्न जाँदा
कतार गएर आएको ः हुँदैन
दुबई गएर आएको ः हुँदैन
साउदी गएर आएको ः हुँदैन
मलेसिया गएर आएको ः हुँदैन
कोरिया गएर आएको ः विचार गरौंला
जापान गएर आएको ः छोरीसँग सोध्छु
अमेरिका गएर आएको ः हुन्छ नि छोरी नि ठूली भैसकिन बरु छिट्टै गर्दा हुन्छ।
चाजो पाजो मिलाउनु भा'को छैन भने छोटो-मीठो गरौंला।
हैन, अमेरिकामा चाहिँ के खाएर आ'को हुन्छ हँ?
०००
पैदल हिँड्ने बानी गर कार किन्न सक्दिनँ म
माला पोते लाउन सिक हार किन्न सक्दिनँ म
धनी बाउकी छोरी खोले सिस्नो खान्नौं होला
मम चाउमिन चटनी अचार किन्न सक्दिनँ म
माया प्रेम पिरतिको गर्ने छैन कमी कहिल्यै
झुपडिमा बस्नुपर्छ दरबार किन्न सक्दिनँ म।
रिट्ठाले हो नुहाउने तोरी कै तेल लाउनुपर्छ
तिम्रा लागि स्याम्पु-साबुन किन्न सक्दिनँ म।
०००
भ्यालेन्टाइन डेको दिन युवतीले युवकलाई एसएमएस गरिछन् ः
युवती ः प्रिय तिमी मेरो भरमा म तिम्रो भरमा कति बस्नु यो समाजको डरमा, आऊ बरु मलाई भेट्न मेरो घरमा।
युवक एक्साइटेड हुँदै युवतीलाई भेट्न जान्छ, तर ढोकाअगाडि युवतीको बाउलाई देख्छ। अनि एसएमएस रिप्लाई गर्छ।
युवक ः नझस्काऊ प्रिय मेरो मुटुमा आलो घाउ छ, झ्यालबाट हेर प्रिय आज तिमीलाई भेट्ने मेरो दाउ छ, ढोकाबाटै आउने थिएँ तर ढोकैनेर तिम्रो बाउ छ।
युवती ः खानेमुखलाई जुँगाले छेक्दैन, साँचो माया अमर हुन्छ, कसैले मेट्दैन, झ्यालबाट किन ढोकाबाटै आऊ प्रिय, किनभने मेरो बाउले दुइटै आँखा देख्दैन।
०००
केटी भनेको त राम्री हुनुपर्छ, सुन्दरी त बाँदर्नी पनि हुन्छे नि।
केटी भनेको सेक्सी हुनुपर्छ, मायालु त साबुन पनि हुन्छ नि।
केटी भनेको लभ्ली पो हुनुपर्छ, एंग्री त बर्ड नि हुन्छ नि।
केटी भनेको दिलदार हुनुपर्छ, मुटु त जनावरको पनि हुन्छ नि।
केटी भनेको शीलवती पो हुनुपर्छ, लज्जावती त झार पनि हुन्छ नि।
केटी भनेको क्यूट पो हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ नि।
०००
चलचित्र हेर्न गएकी तरुनी छोरीको पर्स चोरी भयो। आमाले खेद प्रकट गर्दै सोधी, चोरले तेरो पर्स कताबाट चोरी गर्यो? कहाँ राखेकी थिइस्?
छोरी ः ब्लाउजभित्रै त राखेकी थिएँ।
आमा ः (आश्चर्य मान्दै) तँलाई त्यति पनि थाहा भएन त?
छोरी ः अनि उसले पर्स निकाल्दैछ भन्ने त सोचेकै थिइनँ नि मम्मी।
०००
एउटा दैत्य आफ्नो छोरालाई लिएर एक रात सिकार खेल्न हिँडेछ, जाँदाजाँदै बाटोमा एउटा गाउँमा दुब्ली-पातली युवती देखेपछि छोराले भनेछ-'बाउ, यसलाई खाँदा हुन्न र?'
दैत्य ः 'होइन छोरा, यसले हामीलाई पुग्दैन, छोडिदिऊ।
फेरि हिड्दै जाँदा एउटी मोटी युवती भेटेपछि छोरा ः बाउ, यसलाई खाऊ है।
दैत्य ः 'हैन छोरा, यो धेरै मोटी छे, बोसोले असर गर्छ, अर्कै खोजौं।
फेरि जाँदा-जाँदा एउटी असाध्यै राम्रो जीउडाल, अत्याकर्षक नवयौवना जसको रूप चटक्क परेको थियो, ती सुन्दरीलाई देखेपछि छोरोले भन्यो- 'बाउ, यो त एकदमै फिट छ, यसैलाई खाऊँ न ल?'
दैत्य ः हैन छोरा, यसलाई घर लिएर जाउँ,, अनि तेरी आमालाईचाहिँ खाऊ।
०००