साप्ताहिक संवाददाता
- रेनुका चौधरी, हाल तेह्रथुम
मागी, एकदमै मागी। पहिले मागी अनि प्रेम, आफ्नै घरमा भित्र्याएपछि जति प्रेम गरे नि भो। जसरी प्रेम गरे नि भो ढुक्क। लाइसेन्स लिएर सवारी साधन चलाको जस्तो।
तपाईंको बाल्यकाल कसरी बित्यो?
- पुष्कर रोका, दोलखाली
जसरी आममान्छेको बित्छ त्यसैगरी मेरो पनि बित्यो। गाउँले जीवन, गाईवस्तु, घाँस दाउरा मेलापात, स्कुल, पढाइ, एकदमै रमाइलो।
मुन्द्रे दाइ, तपाईंको अनुहार गायक स्वरूपराज आचार्यसँग मिलेजस्तो लाग्दैन ?
- रोयलविक्रम सिंह
गायक स्वरुपराज आचार्यलाई पनि धेरैले मुन्द्रे जस्तै भन्दा रै'छन्। हामी दुईको अनुहारभन्दा पनि हाउभाउ मिल्छ जस्तो लाग्छ। म पर्दामा मुन्द्रा लगाउने, उहाँ साँच्चिकै मुन्द्रा लगाउने भएर पनि हो कि ? सबैले अनुहार मिल्छ भनेको सुन्दा म खुसी हुन्छु।
के प्रेम गर्दा किस नै गर्नुपर्छ ?
- ५२३२
पहिले-पहिलेको प्रेममा किस गर्नुपर्दैनथ्यो तर अचेल त किस मात्र होइन धेरै थोक गर्नुपर्छ।
केटीको मन जित्न के गर्नुपर्छ ?
- ७३८४
केटीको मन जित्न उनीहरूलाई मन पर्ने-पर्ने कुरा गर्नुपर्छ। त्योभन्दा पनि ठूलो कुरा पैसा खर्च गर्न सक्नुपर्छ।
विवाहका बारेमा तपाईंको धारणा के छ ?
- २७८६
विवाह भनेको घरजम गर्नु हो, सन्तान उत्पादन गर्नु हो, जनसंख्या बढाउनु हो। जनसंख्या बढाउनुपर्छ भन्ने लाग्छ भने विवाह गर्नु राम्रै कुरा हो, पुग्यो भन्ने लाग्छ भने नगर्दा राम्रो।
हजुरसँग डेटमा जान मन छ। जाने हो ?
- गायत्री थापा
भेट त गाह्रो छ, डेटको के कुरा ! घरकै बूढीलाई डेट दिन नसकेर गाह्रो परिरहेको छ, बाहिरको त सोच्नै भ्याइँदैन।
तपाईंको जीवनको सबैभन्दा खुसीको पल कुन हो ?
- बेनाम
मेरी छोरी जन्मिएको समय नै मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो।
हास्यकलाकारहरूका बारेमा पुस्तक प्रकाशन हुने कुरा थियो। के यो साँचो हो ?
- बिनिता घिमिरे
एकदम साँचो हो। चाँडै नै विमोचन हुँदैछ भन्ने सुनेको छु। सबै हास्य कलाकारको जीवनी समटेर पुस्तक तयार भैरहेको छ।