साप्ताहिक संवाददाता
खै, पहिलो प्रेमको टुसा कहिले पलायो पत्तै भएन। पहिलो कविता पोखरामा लेखें। जहाँ मेरो जन्म पनि भयो, धेरै नै आनन्द लाग्यो।
कुनमा बढी रमाऊ जस्तो हुन्छ, कवितामा कि प्रेममा?
कवितामै रमाउँछु, प्रेममा रमाउने मौकै मिलेन। मेरो प्रेम अहिले कवितामार्फत अभिव्यक्त गर्दैछु।
प्रेमविवाह कि मागी?
केको प्रेम विवाह हुनु नि?
एउटी कवयित्रीको नाताले रमणीय ठाउँ छानेर हनिमुन जानुभयो होला नि?
खै, विवाह भो, त्यसपछि धेरै विदेश गइयो। उहाँले कहाँ-कहाँ लानुभो हनिमुन मनाऊँ भनेर। रमाइलो त केटा-केटी मिलेपछि भै नै हाल्छ, त्यसमा पनि हनिमुन त मज्जा नै मज्जाको पोको नै हो। एक-अर्कालाई बुझ्न पनि हनिमुन जानैपर्छ।
आफ्नो उमेर गएपछि कलिला तन्नेरीले गरेको चुम्बनलाई मानिसहरू किन रुचाउँदैनन्?
आफ्नो उमेरप्रति ग्लानि भएर होला, तर म त त्यस्तो गर्दिनँ। बरु त्यस्तो देखे कविता फुर्छ। आफूले पनि उमेरमा श्रीमान्लाई चुम्बन गरियो। प्रेमलाई बलियो बनाउन चुम्बन आवश्यक छ।
ह्वाट इज सेक्स? जीवनमा यसको आवश्यकता...?
सेक्समा त्यो संकुचित हुन्छ, जो आफ्ना पाटर्नरलाई कन्ट्रोलमा राख्न खोज्छ। सेक्स इज पोएम, यो कुनै स्टोरीजस्तै रमाइलो हो। यो बिना तपाईं के सोच्न सक्नुहुन्छ र?