साप्ताहिक संवाददाता
सनी र हनी
बलिउडमा अहिले गायक यो यो हनी सिंहको माग बढ्न थालेको छ। निर्माता तथा निर्देशकहरू आफ्नो चलचित्रमा हनीको कम्तीमा एउटा गीत समावेश गर्न लालायित देखिन्छन्। हालै मात्र 'रागिनी एमएमएस-२' की निर्मात्री एकता कपुरले आफ्नो चलचित्रमा हनी सिंहको एउटा गीत 'चार बोतल भोडका' समावेश गरेकी छिन्। हनी सिंहको उक्त गीतमा नायिका सनी लियोनले कामुक नृत्य गरेकी छिन्। गीतमा हनि र सनीको केमेस्ट्री प्रशंसायोग्य देखिन्छ। यो गीतमा हनीको नृत्य तथा सनीको मादक हाउभाउको ककटेलले दर्शकको मन जित्ने पक्का छ।
फर्किइन् लारा
अभिनेत्री लारा दत्ता लामो समयपछि बलिउडमा र्फकने तयारी गर्दैछिन्। लारा तीन वर्षअघि आफ्नो होम प्रोडक्सन 'चलो दिल्ली' पछि चलचित्रमा देखिएकी थिइनन्। यतिबेला उनी यही चलचित्रको सिक्वेल 'चलो चाइना' मार्फत पुनरागमन गर्दैछिन्। थाइल्यान्ड, मलेसिया तथा चीनमा छायांकन हुने यो चलचित्रमा लारासँगै विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन्। आगामी महिनादेखि छायांकन प्रारम्भ हुने यो चलचित्रमा लाराले प्रभावकारी भूमिका निवर्ाह गर्ने बताइन्छ।