साप्ताहिक संवाददाता
तीनवटै हुँ, तर गायन मेरो पहिलो प्राथमिकतामा छ।
चलचित्र 'मोक्ष’मा नायक हुनुभएको छ त?
त्यसमा पनि गायक नै बनेको छु नि।
तीनवटा पेसामा एउटा रोज्दा?
गाह्रो पो पर्छ त। तीनवटैलाई एकसाथ अघि बढाउँछु।
'मोक्ष’ हेर्नेजतिले तपाईंको अभिनयको प्रशंसा गरेका छन् हैन?
त्यो त हेर्नेहरूको आँखा राम्रो भएकाले हो।
किन अभिनय कर्ममा सम्भावना देख्नुभएको छैन?
चुनौतीपूर्ण भुमिका भए मात्र गर्छु।
अनि म्युजिक भिडियोमा मोडलिङ नि?
रहरैले थालियो, अहिले त गतिलै प्रस्ताव पो आउन थाले। म आफैं गायक भएकाले अरू गायकको म्युजिक भिडियोमा मोडलिङ गर्दा म 'लिप्सिङ' गर्दिन।
'मोक्ष’मा कसरी नायक बन्नुभयो?
निर्देशक प्रवीण श्रेष्ठले दुई पटक अडिसन लिएर छनौट गर्नुभयो। तीन महिना एमआर थियटरमा अभिनयको प्रशिक्षण पनि लिएँ।
चलचित्रमा काम गर्दा निर्देशक प्रवीण श्रेष्ठकै जीवनको सत्य घटनामा आधारित चलचित्र हो भन्ने जानकारी थियो?
उहाँकै सत्य घटना हो भन्ने सुनेपछि झन त्यो भूमिका गर्न उत्साहित भएँ।
अनि क्यामेरासामु उनकै निर्देशनमा उनकै अगाडि उनी नै भएर काम गर्दा कस्तो अनुभव भयो?
अप्ठेरो त लागेन। उहाँले प्रशिक्षणका क्रममा आफूलाई राम्रोसँग 'ट्रान्सर्फम' गर्नुभएकाले सहज महसुस भयो।
मनपर्ने चार म्युजिक भिडियो निर्देशक?
आलोक नेम्बाङ, सुरज श्रेष्ठ, प्रवीण श्रेष्ठ तथा अनिल स्थापित।
तपाईंका बारेमा धेरैलाई थाहा नभएको कुरा?
म स्नुकर, टेबल टेनिस र क्रिकेटको गतिलै खेलाडी हुँ।
मनपरेका तीन संगीतकार?
गोपाल योञ्जन, कालीप्रसाद बासकोटा र कल्याण सिंह।
सेक्सी लाग्ने तीन नायिका?
प्रियंका कार्की, नम्रता श्रेष्ठ र बेनिशा हमाल।
कुन सेलिब्रेटीलाई देख्दा यौनचाहना बढ्छ?
सनी लियोन
खराब बानी?
छिटो रिस उठ्छ।
जान्नैपर्ने तर नजानेको कुरा?
नृत्य, अब सिक्ने विचारमा छु।
गर्लफ्रेन्ड छिन्?
छन् नि, मेरा थुप्रै केटी साथी छन्। केटी साथीलाई अंग्रेजीमा 'गर्लफ्रेन्ड' त भनिन्छ नि होइन?
'समवान स्पेसल’ चाहिँ?
फेला परेकी छैनन्।
सेक्स अनुभव?
उमेरले अढाई दशक काटिसक्यो, अहिलेसम्म नहोला त?